21
Aug
भारतमा कोरोनाभाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। सङ्क्रमितहरूको कुल सङ्ख्या २८ लाख नाघिसक्यो ।भारत ब्रिटेनलाई पछि पार्दै विश्वमा सबैभन्दा धेरैले ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा छ भने सबैभन्दा धेरै सङ्क्रमितहरूमध्ये तेस्रोमा छ। तर युरोप र उत्तर अमेरिकाभन्दा निकै कम अर्थात् १० लाख भारतीयमा ३४ जनाको मृत्यु भएको छ ।कोरोनाभाइरसबाट ज्यान गुमाउने दर (सीएफआर) अहिले झन्डै दुई प्रतिशत छ । सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्रमा मृतकको सङ्ख्या प्रत्येक ४० दिनमा दोबर भइरहेको छ ।पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाका अध्यक्ष श्रीनाथ रेड्डी भन्छन्, "सङ्ख्या बढे पनि मृत्युदर कम नै छ।"