08
Mar
आइसिसी महिला एकदिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रेलियाले पाकिस्तामाथि ७ विकेटको जित हात पारेको हो । १९१ रनको लक्ष्य उसले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्याे । उसका लागि एलिस हेलीले सर्वाधिक ७२ रनको योगदान दिइन् । ७९ बलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन् । कप्तान मेग लेनिङ्गले ३५ र राचेल हाइनेसले ३४ रन जोड्दा अविजित रहेका एलिस पेरीले २६ तथा बेथ मोनीले २३ रन बनाए । पाकिस्तानका लागि ओमाइमा सोहेलले २ तथा नशरा सन्धुले १ विकेट हात पारे । यसअघि न्यूजिल्यान्डको माउन्ड माउंगानुइस्थित बे ओभलमा…