01
Oct
‘बाबा’ को दर्शन गराउने भन्दै ‘बलि दिन’ युवतीहरूलाई फकाएर भारत लैजाँदै गरेको भन्दै प्रहरीले बुधबार दुई जनालाई सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको लहान नगरपालिका–१९ का ३२ वर्षीय विवशकुमार साह र सप्तरीकै कृष्णश्रवण गाउँपालिका–४ का २९ वर्षीय मोहमद साहिल अन्सारी छन् । भारत लैजाँदै गरेको अवस्थामा सप्तरी दौलतपुरकी १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ की २२ वर्षीया सूचीकला चौधरीको उद्धार गरिएको भन्टाबारीस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) का प्रहरी निरीक्षक भुवन खड्काले बताए । ‘भारतको एक मन्दिरमा बाबाले गर्ने पूजामा बलि दिन लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको हो,’ खड्काले भने, ‘फकाएर लैजाँदै गरेका दुई जना युवकलाई पक्राउ गरिएको छ ।’ युवतीहरूलाई लिएर…