hijab

भारतीय अदालतले भन्यो : इस्लाममा हिजाब अनिवार्य छैन

भारतीय अदालतले भन्यो : इस्लाममा हिजाब अनिवार्य छैन

 भारतको कर्नाटक उच्च अदालतले विद्यालयमा हिजाब लगाउने मामिलामा परेको मुद्दामा महत्त्वपूर्ण फैसला सुनाएको छ । अदालतले राज्यको उडुपी जिल्लास्थित दुई वटा सरकारी कलेज प्रशासनको विद्यार्थीलाई हिजाब लगाउन रोक्ने निर्णयविरुद्ध दायर गरेको मुद्दा पनि खारेज गरिदिएको छ । हिजाब लगाउन पाउने आफ्नो संवैधानिक अधिकार रहेको भन्दै कलेजका छात्राहरूले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश ऋतुराज अवस्थीको अध्यक्षताको तीन सदस्यीय इजलासले फैसला सुनाउँदै इस्लाममा हिजाब अनिवार्य नभएको पनि उल्लेख गरेको हो । हिजाब इस्लाममा अनिवार्य छ कि छैन भन्नेबारेमा स्पष्ट पार्दै मुख्य न्यायाधीश अवस्थीले भनेका छन्, ‘इस्लामिक अभ्यासअनुसार मुस्लिम महिलाले अनिवार्य रूपमा हिजाब लगाउनुपर्छ भन्ने छैन ।’ संविधानको धारा २५ अनुसार कुनै पनि…
Read More