Herat

तालिबानको कब्जामा अफगानिस्तानको हेरात: ‘म बन्दीजस्तै भएको छु’

तालिबानको कब्जामा अफगानिस्तानको हेरात: ‘म बन्दीजस्तै भएको छु’

अफगानिस्तानको तेस्रो ठूलो सहर हेरातका बासिन्दाले तालिबानले सत्ता हातमा लिएयता आफ्नो जीवन पूर्ण रूपमा बद्लिएको बीबीसीलाई बताएका छन्। हेरातको जनसङ्ख्या करिब पाँच लाख रहेको छ र सो सहर अगस्ट १३ मा तालिबानको हातमा पुगेको थियो। रणनीतिक रूपमा महत्त्वपूर्ण देशको पश्चिममा पर्ने उक्त प्रान्तीय राजधानी इरान र तुर्किमिनिस्तानसँगको सीमा नजिकै रहेको छ। बीबीसीले वर्षौँसम्म विभिन्न एनजिओमा काम गरेकी एक महिला साना र एक विद्यार्थी सायदसँग कुराकानी गरेको थियो। उनीहरूको सुरक्षाका लागि नाम परिवर्तन गरिएको छ। दुवै जनाले विगतमा विदेशी सङ्घसंस्थाहरूसँग काम गरेका थिए जसले उनीहरूलाई तालिबानबाट अरू मानिसको तुलनामा थप असुरक्षित बनाउन सक्ने जोखिम छ। '९९ प्रतिशत महिला घरभित्रै': साना "प्रत्येक…
Read More