30
Dec
अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीले ‘देशमा विध्वंस नहोस् भन्ने चाहेर आफू भागेको’ बताएका छन् । तालिबान विद्रोहीहरूले देशका प्रमुख सहरहरूलाई नियन्त्रणमा लिएर राजधानी घेरेपछि घनी देश छोडेर भागेका थिए । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीले ‘देशमा विध्वंस नहोस् भन्ने चाहेर आफू भागेको’ बताएका छन् । तालिबान विद्रोहीहरूले देशका प्रमुख सहरहरूलाई नियन्त्रणमा लिएर राजधानी घेरेपछि घनी देश छोडेर भागेका थिए । उनले अन्तिम अवस्थासम्म पनि आफू देश छाड्ने पक्षमा नरहेको बताए । देशलाई अलपत्र अवस्थामा त्यागेका भन्दै उनको त्यतिबेला निकै आलोचना भएको थियो । उनी हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् । तालिबान लडाकुहरूले त्यतिबेला राजधानी प्रवेश नगर्ने प्रतिबद्धता जनाएका तर पूरा नगरेका घनीको भनाइ छ ।…