30
Jul
कोरोना महामारीको दोस्रो लहरको बावजुद पनि भारतमा २०२१ को अप्रिल र जुन महिनामा सुनको माग १९.२ प्रतिशतले बृद्धि भएको छ । उक्त समय भारतका अधिकांश भागमा कोरोना महामारीको दोस्रो लहरको प्रभाव परेको थियो । अप्रिल र जुनमा भारतमा सुनको माग बढेर ७६.१ टन भएको छ जुन गत वर्षको सोही अवधिमा ६३.८ टन रहेको थियो । तथापी, कोरोना महामारी सुरु हुनु अघि अर्थात २०१९ को जुन महिनाको भन्दा चाहिँ अझै यो दुई तिहाई कम हो । वर्ल्ड गोल्ड काउन्सिल भारतका अनुसार २०१९ को जुनमा भारतमा २१३.२ टन सुनको माग थियो । महामारीको दौरान भारतमा सुनका गरगहनाको माग ५५.१ टन र सुनमा लगानीको…