08
Jul
इङ्गल्यान्डले अतिरिक्त समयमा डेनमार्कलाई २-१ ले हराउँदै ५५ वर्षमा पहिलोपटक कुनै ठूलो स्तरको फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। निर्धारित समयमा १-१ ले बराबरी भएको खेलमा ह्यारी केनले पेनाल्टी प्रहार गर्दा फर्किएको बलमा गोल गर्दै इङ्गल्यान्डको जित निश्चित हुन पुगेको थियो। त्यसपछि उक्त टोलीका समर्थकहरू खुशीयाली मनाउँदै सडकमा उत्रिएका थिए। तर गत दुई सातामा इङ्गल्यान्डका पुरुषहरूमा महिलाभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण देखिनुको कारण युरो २०२० फुटबल प्रतियोगिता हेर्नु रहेको हुनसक्ने इम्परियल कलेज लन्डनको तथ्याङ्कले देखाएको छ। ४७,००० भन्दा बढी स्वयंसेवकमा जुन २४ देखि जुलाई ५ सम्म गरिएको परीक्षणले "सङ्क्रमणको तेस्रो लहर" पुष्टि भएको बताइएको छ। अध्ययनले महिलाभन्दा पुरुष ३० प्रतिशत बढी सङ्क्रमणको…