12
Aug
केही वर्षअघि पहाडको साँघुरो बाटोमा गाडी चलाइरहेका बेला तर्ष थेकाएकरले एउटा भाले हात्ती आफूतिर आइरहेको देखे। "त्यहाँ फरक्क फर्किन ठाउँ नै थिएन, कार रोकर म बाहिर निस्केँ अनि पछाडि भागेँ," थेकाएकरले बीबीसीसँग भने। यदि तपाईँ हात्तीनजिक जानुभयो भने तिनीहरूले आक्रमण गर्न खोजे जस्तो दौडेर आउन सक्छन् र यदि गाडीभित्र हुनुहुन्छ भने तिनीहरूले आक्रमण गरे जस्तो गर्छन्। "उनीहरूले भने 'नडराउनुहोला हात्ती पनि गाईजस्तै हुन्छन्। पानी खानका निम्ति तिनीहरू आउँछन् र कुनै हानि पुर्याउँदैनन्'।" अनि उनीहरू सही प्रमाणित भए। थेकाएकरलाई आश्चर्य लाग्नेगरी हात्तीले केही गरेन र पानी जमेको खाल्डोतिर त्यो लाग्यो। हात्तीसम्बन्धी अनुसन्धानकर्ता थेकाएकर दक्षिणी भारतको गुडालुर वन कार्यालयमा काम गरिरहेका थिए…