27
Feb
ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले भनेका छन्, उनले आफू र उनको परिवारलाई यूकेको प्रेस अर्थात पत्रकारिता जगतले सिर्जना गरेको "विषालु" अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट अलग हुनु परेको बताएका छन्। राजकुमार ह्यारीले एउटा टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनलाई दिएको अन्तर्वार्ताका क्रममा यूकेको प्रेसका कारण उत्पन्न वातावरणका कारण "आफ्नो मानसिक स्वास्थ्यमा क्षति पुग्न लागेको" र त्यस्तो अवस्थामा आफूले " कुनै पनि पति वा पिताले चाल्ने कदम नै अवलम्बन गरेको" बताएका छन्। गत हप्ता बकिंघम राजदरबारले राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजकीय जिम्मेवारीमा नफर्कने तथ्यको पुष्टि गरेको थियो। राजकुमार ह्यारीले आफूहरूले त्यस्तो "जिम्मेवारी त्यागेको नभइ बरू पछाडि हटेको" भन्नेमा जोड…