donald trumph

ट्रम्पले फर्काए फेसबुकलाई यस्तो जवाफ, २०२४ मा पनि चुनाव लड्ने

ट्रम्पले फर्काए फेसबुकलाई यस्तो जवाफ, २०२४ मा पनि चुनाव लड्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपतीय निर्वाचनमा पनि आफू उम्मेदवार बन्ने संकेत दिएका छन् । शुक्रबार फेसबुकले दुई वर्षका लागि ट्रम्पको एकाउन्ट प्रतिबन्धित रहने  निर्णय गरेको थियो । यसको जवाफमा ट्रम्पले आफू राष्ट्रपति चुनिएपछि फेसबुकका सञ्चालक मार्कजुकेरवर्ग डिनरमा नबोलाउने बताए । ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्कोपटक म ह्वाइटाउसमा आएपछि उनको आग्रहमा मार्क जुकेरवर्ग र उनकी श्रीमतीसँग थप डिनर हुनेछैन ।’ आफ्नो विपक्षीहरुलाई मजाक गर्ने तथा आधारहीन तर्कहरु अघि सारेर झुठ बोल्ने गरेको लामो इतिहास ट्रम्पसँग छ । शुक्रबारमात्रै फेसबकुका वैश्विक मामिला सम्बन्धी उपाध्यक्ष निक क्लेगले ट्रम्पमाथि २०२३ सम्मका लागि प्रतिबन्ध लागेको घोषणा गरेका थिए । क्लब बेलायतका पूर्व…
Read More
राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव प्रस्तुत

राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव प्रस्तुत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरिएको छ।डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। डेमोक्र्याटहरूले अमेरिकी संसद्‌मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्।
Read More
उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाको उनको मुलुकप्रतिको नीति ‘कहिल्यै परिवर्तन नहुने’ बताएका छन्

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाको उनको मुलुकप्रतिको नीति ‘कहिल्यै परिवर्तन नहुने’ बताएका छन्

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भन्दै अमेरिकामा जो राष्ट्रपति बने पनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको बताएका छन्। उनको सत्तारूढ वर्कर्स पार्टीको विरलै हुने राष्ट्रिय सम्मेलनमा बोल्दै किमले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पानीमुनि चल्ने परमाणु जहाज (न्यूक्लियर सबमरिन) बनाउने आफ्नो योजना करिब करिब पूर्ण भएको बताए। अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले शपथ लिने दिन नजिकिएका बेला उनको प्रतिक्रिया आएको छ। विश्लेषकहरू किमको टिप्पणी अमेरिकी नयाँ राष्ट्रपतिमाथि दबाव पुर्‍याउने प्रयत्न भएको ठान्छन्। राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको न्यानो सम्बन्ध रहे पनि ट्रम्पको कार्यकलमा…
Read More
अमेरिकी चुनाव: ट्रम्पले जोर्जियाका अधिकारीलाई मतपरिणाम ‘उल्टाउन’ भनेको कल रेकर्ड सार्वजनिक

अमेरिकी चुनाव: ट्रम्पले जोर्जियाका अधिकारीलाई मतपरिणाम ‘उल्टाउन’ भनेको कल रेकर्ड सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत "खोज्न" भनेको कल रेकर्ड सार्वजनिक भएको छ। वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, "म मात्र ११,७८० भोट खोज्न चाहन्छु।" रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ। अन्य राज्यहरूसहित जोर्जियामा पनि जो बाइडनले जितेका छन्। बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन्। नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्। सबै ५० वटै राज्यहरूले चुनावी…
Read More
नोबेल पुरस्कार को लागि मनोनीत डोनाल्ड ट्रम्प

नोबेल पुरस्कार को लागि मनोनीत डोनाल्ड ट्रम्प

अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई महिनाभन्दा कम समय रहेको बेला राष्ट्रपति डोनल्ड ट्रम्पका लागि खुसीको खबर आएको छ: नोबेल शान्ति पुरस्कारका उनको नाम मनोनयनमा परेको छ ।नर्वेका एक नेताले ट्रम्पले इजरेल र यूएईबीच शान्ति सम्झौता गर्न भूमिका खेलेको भन्दै उनको मनोनयन गरेका हुन् ।क्रिस्टियन टाइब्रिङ-जेडले फक्स न्यूजलाई भने, “विभिन्न राष्ट्रबीच शान्ति स्थापना गर्न उनले (ट्रम्पले) अन्य कुनै पनि मनोनीत व्यक्तिले भन्दा बढी प्रयास गरेका छन्।” आफू ट्रम्पको समर्थक नभएको बताउँदै उनले भने, “उनले कहिलेकाहीँ गर्ने व्यवहार नहेरी पुरस्कार समितिले तथ्य हेर्नुपर्छ र तथ्यका आधारमा उनलाई विचार गर्नुपर्छ ।”मनोनीत हुनु र पुरस्कार पाउनु फरक कुरो हो । नोबेल शान्ति पुरस्कार १३…
Read More
डोनाल्ड ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति : मिसेल ओबामा

डोनाल्ड ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति : मिसेल ओबामा

अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् ।राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको कडा आलोचना गरेकी हुन् । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदै छ । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति बाराक ओबामा पत्नी मिसेलले अमेरिकाका राष्ट्रपतिका लागि ट्रम्प सही व्यक्ति नभएको दाबी गरिन् । ‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्,’ मिसेलले भनिन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसबारेका विभिन्न तथ्यलाई बेवास्ता गरेका कारण अर्थतन्त्र खराब भएको उनको आरोप छ । सम्बोधनका क्रममा मिसेलले ट्रम्प प्रशासननले अमेरिकीमा विभाजन ल्याएको र…
Read More