28
Jul
पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार प्रधानम न्त्री नरेन्द्र मोदीसँग भेट गरिन् । भेटघाटपछि मुख्यमन्त्री ब्यानर्जीले भनिन्, मैले प्रधानमन्त्रीसँ भेट गरें, यो सौजन्य भेट हो, हामीलाई अझ भ्याक्सिन अनि औषधिहरू प्राप्त होस् भनी प्रधानमन्त्रीसँग कुरा गरें, हाम्रो राज्यलाई जनसंख्याको हिसाबमा अन्य राज्यहरूभन्दा धेरै कम भ्याक्सिन प्राप्त भएको छ, बंगाल राज्यको नाउँ परिवर्तनबारे मैले प्रधानमन्त्रीसँग चर्चा गरें, प्रधानमन्त्री यसबारे हेर्छु भनेका छन्। तिनले भनिन्, म चाहन्छु कि पेगाससमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउन, च्च न्यायालयद्वारा यसको जाँच हुनुपर्छ गत बंगाल विधानसभा चुनाउ जितेर पाँच मई लगातार ममता ब्यानर्जीको यो पहिलो दिल्ली भ्रमण हो । तिनको यात्रा संसदको मनसून सत्र सँगसँगै भएको छ,…