Covid19

दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्।शुक्रवार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को 'स्प्यानिश फ्लू' नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए।तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस "कम समयमा" नियन्त्रणमा आउन सक्ने उनले बताए। हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन्। महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक (पीपीई)सँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई "अपराधको" सङ्ज्ञा दिए। "कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन," उनले भने।
Read More
देशमा कोरोना भाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको

देशमा कोरोना भाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको

भारतमा कोरोनाभाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। सङ्क्रमितहरूको कुल सङ्ख्या २८ लाख नाघिसक्यो ।भारत ब्रिटेनलाई पछि पार्दै विश्वमा सबैभन्दा धेरैले ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा छ भने सबैभन्दा धेरै सङ्क्रमितहरूमध्ये तेस्रोमा छ। तर युरोप र उत्तर अमेरिकाभन्दा निकै कम अर्थात् १० लाख भारतीयमा ३४ जनाको मृत्यु भएको छ ।कोरोनाभाइरसबाट ज्यान गुमाउने दर (सीएफआर) अहिले झन्डै दुई प्रतिशत छ । सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्रमा मृतकको सङ्ख्या प्रत्येक ४० दिनमा दोबर भइरहेको छ ।पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाका अध्यक्ष श्रीनाथ रेड्डी भन्छन्, "सङ्ख्या बढे पनि मृत्युदर कम नै छ।"
Read More
एकैदिन थपिए ६९ हजारभन्दा बढी कोरोना संक्रमित

एकैदिन थपिए ६९ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ । भाइरसका कारण भारतमा हालसम्म ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले अहिलेसम्म देशभरि ३ करोड…
Read More
उत्तर प्रदेशका मन्त्री तथा पूर्वक्रिकेटर चेतन चौहानको कोरोनाबाट मृत्यु

उत्तर प्रदेशका मन्त्री तथा पूर्वक्रिकेटर चेतन चौहानको कोरोनाबाट मृत्यु

भारतीय पूर्वक्रिकेटर चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जुलाई १९ मा कोरोना पुष्टि भएका ७३ वर्षीय चौहानको आइतबार उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको स्वास्थ्य अवस्था जटिल भएपछि करिब ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो । सुरुमा लखनउस्थित अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गुरुग्रामस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलामा पनि समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । चौहान उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड तथा नागरिक सुरक्षामन्त्री पनि थिए । उनी उत्तर प्रदेशको अमरोहा क्षेत्रबाट दुई पटक लोकसभा सदस्यमा समेत निर्वाचित भएका थिए । कोरोना संक्रमणबाट उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको…
Read More
राम जन्मभूमि  ट्रष्टका प्रमुख गोपाल दासलाई कोरोना संक्रमण

राम जन्मभूमि ट्रष्टका प्रमुख गोपाल दासलाई कोरोना संक्रमण

गत ५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्याको राम मन्दिरको भूमि पूजामा सहभागी भएका महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ । उत्तरप्रदेशको मुख्यमन्त्री कार्यालयले ट्‍वीट मार्फत् राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका प्रमुख दासलाई कोरोना संक्रमण भएको जनाएको हो । भूमि पूजामा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल पनिसँगै सहभागी थिइन् । कृष्ण जन्मभूमि न्यासका अध्यक्ष समेत रहेका दासलाई कृष्णाजन्मष्टमीको उत्सवमा सहभागी हुन मथुरा पुगेका बेला सास फेर्न असहज भएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना पुष्टि भएपछि दासलाई उपचारका लागि लखनउको मेदान्त अस्पतालमा भर्ना गरिएको छ । भूमि पुजनमा महन्त दाससँगै उपस्थित रहेका…
Read More
कोरोनाभाइरसमा भारत तेस्रो स्थान !

कोरोनाभाइरसमा भारत तेस्रो स्थान !

कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्।भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो।विगत २४ घण्टामा त्यहाँ झन्डै ६४,००० सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ।
Read More
भारतका भूतपूर्व राष्ट्रपति प्रणब मुखर्जी भेन्टिलेटरमा, अवस्था ‘गम्भीर’

भारतका भूतपूर्व राष्ट्रपति प्रणब मुखर्जी भेन्टिलेटरमा, अवस्था ‘गम्भीर’

कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। उनी ८४ वर्षका भए।कोभिड-१९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार सघन उपचार कक्षमा सारिएको बताइएको छ।अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको उल्लेख गरेका छन्।राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरेका थिए।उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कको बोर्डमा पनि काम गरेका थिए।
Read More
२० दिनमा १० लाख सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो

२० दिनमा १० लाख सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो

भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ।विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो।अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो।भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ।सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ।विगत २४ घण्टामा त्यहाँ ६२,१७० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यससँगै सङ्क्रमितहरूको कुल सङ्ख्या २०,२५,४०९ पुगेको छ।तीमध्ये ४०,७०० जनाको मृत्यु भएको छ।
Read More
भारतमा सन फार्माले फभिपिरवीर आरम्भ गर्‍यो ।

भारतमा सन फार्माले फभिपिरवीर आरम्भ गर्‍यो ।

सन फार्मास्युटिकल इंडस्ट्रीज लिमिटेडले घोषणा गर्यो कि उसले फ्लुगार्ड (फविपिरवीर २०० मिलिग्राम) भारतमा कोविड - १९ को हल्कादेखि मध्यम मामिलाहरूको उपचारको लागि आर्थिक मूल्यमा रु ३५ प्रति ट्याबलेट मा‌ सुरू भयो। फविपिरावीर एकल मौखिक एन्टी-वायरल उपचार हो जुन भारतमा हल्का देखि मध्यम कोविड -१९ रोगका सम्भावित उपचारहरूको लागि अनुमोदित छ। भारत व्यापारका सन सीईओ कीर्ती गणोरकरले उक्त उद्घाटनबारे टिप्पणी गर्दै भने, “भारतमा दैनिक ५०,००० भन्दा बढी कोविड -१९ घटनाहरू रिपोर्ट भइरहेको छ, स्वास्थ्यकर्मीहरूलाई थप उपचार विकल्प प्रदान गर्नु जरुरी छ। अधिक र अधिक बिरामीहरूको लागी औषधीको पहुँच पुर्‍याउन हामीले किफायती मूल्यमा फ्लुगार्ड सुरू गरिरहेका छौं जसले गर्दा उनीहरूको आर्थिक बोझ…
Read More
कोभिड-१९ का कारण भारतमा सोमवार एकै दिन विश्वभरिकै सर्वाधिक मृत्यु

कोभिड-१९ का कारण भारतमा सोमवार एकै दिन विश्वभरिकै सर्वाधिक मृत्यु

भारतमा सोमवार ८०३ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको सरकारले जनाएको छ। उक्त सङ्ख्या विगत २४ घण्टाको अवधिमा विश्वभरि कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक सङ्ख्या हो।सो अवधिमा भारतमा अन्यत्रको भन्दा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए।मङ्गलवार बिहान सार्वजनिक गरिएको तथ्याङ्कमा भारतमा सोमवार ५२,०५० जनामा कोभिड-१९ पुष्टि भएको उल्लेख छ।यो वृद्धिसँगै भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमितको कुल सङ्ख्या १८,५५,७४६ पुगेको छ। तीमध्ये ३८,९३८ जनाको मृत्यु भइसकेको छ।
Read More