Covid19

थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै गत २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ। हाल देशभर २७ हजार ७१६ जना  सक्रिय संक्रमित रहेका छन्।
Read More
कोभिड-१९ को दोस्रो लहरले एप्रिल र मे महिनामा ल्याएको प्रकोपपछि भारत बिस्तारै खुला हुन थालेको छ।

कोभिड-१९ को दोस्रो लहरले एप्रिल र मे महिनामा ल्याएको प्रकोपपछि भारत बिस्तारै खुला हुन थालेको छ।

भारतमा गत वर्ष पहिलो पटक भेटिएको डेल्टा भेरिअन्ट अहिलेको घातक दोस्रो लहरका लागि जिम्मेवार मानिन्छ। तर नयाँ लहरको चिन्ता कत्तिको जायज हो? प्रकोपको लहरहरू आउनु स्वाभाविक भए पनि त्यसको खतरा र फैलावट भने धेरै कारणमा आधारित हुन्छ। अहिले भारतमा दैनिक सङ्क्रमण सङ्ख्या ५०,००० को हाराहारीमा छ। गत मेमा यो दैनिक चार लाखको हाराहारीमा पुगेको थियो। सङ्क्रमण कम हुनुको कारक राज्य सरकारले लगाएको कडा निषेधाज्ञालाई मानिएको छ। दोस्रो लहरका लागि बजारको भिड, चुनावी प्रदर्शनहरू र धार्मिक आयोजनहरूलाई जिम्मेवार मानिएको थियो। अन्य कारणहरूमा गलत नीतिगत निर्णयहरू, कमजोर निरीक्षण र खतराका सङ्केतहरूलाई गरिएको बेवास्ता मानिएका थिए। यदि यस्तै गल्तीहरू दोहोरिए तेस्रो लहर छिट्टै…
Read More
भारतमा बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

भारतमा बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् । परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । “आज कोभ्याक्सिन खोपको बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको छ,” एम्सका एक अधिकारीले बताए । “परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।” भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति प्रदान गरेको थियो। कोभ्याक्सिन बच्चाहरूका लागि…
Read More
कोभिडलाई महामारी घोषणा गर्नुअघि नै चिनियाँ वैज्ञानिकले खोपको पेटेन्ट दर्ता गरेको खुलासा

कोभिडलाई महामारी घोषणा गर्नुअघि नै चिनियाँ वैज्ञानिकले खोपको पेटेन्ट दर्ता गरेको खुलासा

चीनले कोरोनाभाइरस मानिसबाट मानिसमा सर्छ भनी पुष्टि गरेको पाँच हप्ता मात्र भएको बेलामा पेटेन्ट दर्ता गराइएको हो । चोउले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरूसँग नजिकै बसेर काम गरेको पनि बताइएको छ । चमेराहरूमा कोरोनाभाइरसको अनुसन्धान गर्ने प्रयोगशालाकी उपनिर्देशक शी चङ्लीसँग पनि उनको साँठगाँठ थियो ।  भाइरस प्रयोगशालाबाट चुहिएको भन्ने अनुमानले बल पाइरहेको बेलामा उनीहरूको सम्बन्धबाट चीनसँग मानिसहरूमा संक्रमण हुने विषयमा जानकारी रहेको र पछि बल्ल उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई बताएको पाइएको छ ।  चोउ पेटेन्ट दर्ता गरेको तीन महिनाभन्दा कम समयमा बितेका थिए । उनी चीनको अग्रणी वैज्ञानिक भए पनि उनको मृत्युको खबर एउटा चिनियाँ सञ्चारमाध्यमले मात्र दिएको द न्युयोर्क पोस्टले खबर दिएको…
Read More
भारतमा एक लाख ६३६ सङ्क्रमित थपिए

भारतमा एक लाख ६३६ सङ्क्रमित थपिए

भारतमा कोभिड १९ का एक लाख ६३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक लाख ७४ हजारभन्दा बढी सङ्क्रमित कोरोनामुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ८९ लाख नौ हजार ९७५ पुगेको छ । हालसम्म दुई करोड ७१ लख ५९ हजार १८० जना कोरोनामुक्त भएका छन् ।भारतमा हाल १४ लाख एक हजार ६०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ४२७ सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४९ हजार १८६ सङ्क्रमितले ज्यान गुमाएका छन् ।गत् जनवरी…
Read More
कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा सङ्क्रमण थिएन : चीन

कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा सङ्क्रमण थिएन : चीन

चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट सङ्क्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ । अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो । अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोना भाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् । पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो। यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ…
Read More
दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ निकट अधिकारीहरूले शनिबार बताएका छन् ।…
Read More
भारतमा कोरोनाभाइरसबाट एकैदिन दुई हजार ८८७ जनाको मृत्यु भएको छ

भारतमा कोरोनाभाइरसबाट एकैदिन दुई हजार ८८७ जनाको मृत्यु भएको छ

कोरोनाभाइरसबाट दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य कमी आए पनि मृत्युको घटनामा भने एक हजारले घटेको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दर्ता गरिएको मृत्युको घटनापछि हालसम्म तीन लाख ३७ हजार ९८९ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएका छन् । २१ लाख ५९ हजार ८७३ नमूना परीक्षण गर्दा एक लाख ३४ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।थपिएका सङ्क्रमितसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ८४ लाख ४१ ह्जार ९८६ पुगेको छ । भारतमा हाल १७ लाख १३ हजार ४१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।सङ्क्रमण दर…
Read More
ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ

ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ

यहाँ बुधबार २ हजार ५०७ जना कोराेनाका सङ्क्रमित नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चौबीस घण्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान गएको थियो ।अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका सङ्क्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको…
Read More
अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन्

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन्

यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ ।कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ । हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या तीन करोड एक…
Read More