COVID-19

बलिउडमा कोरोना संकट

बलिउडमा कोरोना संकट

पछिल्लो समय एकपछि अर्को बलिउडकर्मी कोरोना संक्रमित हुन थालेका छन्। पहिलो लहरमा अमिताभ बच्चन कोरोना संक्रमित भएका थिए। अहिले देखिएको दोस्रो लहरमा अक्षय कुमार, आमिर खान, आलिया भट्ट, भूमि पेडनेकर, विक्की कौशल, कार्तिक आर्यनलगायतका बलिउडकर्मी संक्रमित भएका हुन्। चलचित्रको छायांकन जारी राखेका उनीहरू कोरोना संक्रमित भएपछि बाँकी काम रोकिएको छ। अबको केही समय बलिउड फेरि शिथिल बन्ने देखिएको छ।
Read More
कोरोना भाइरसको महामारी नियन्त्रणबारे बोले चिनियाँ राष्ट्रपति

कोरोना भाइरसको महामारी नियन्त्रणबारे बोले चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन् ।  राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए । उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरुसँग फोनवार्ता गरेका थिए ।  सो फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि…
Read More
कोरोना भाइरस: किन केही देश कोभिड-१९ विरूद्ध जुझ्न अरूभन्दा सफल भइरहेका छन्

कोरोना भाइरस: किन केही देश कोभिड-१९ विरूद्ध जुझ्न अरूभन्दा सफल भइरहेका छन्

सन् २०१९ मा एउटा विश्वव्यापी मापनले संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यलाई महामारीको पूर्वतयारीमा उदाहरणीय देखायो। त्यसमा न्यूजील्याण्ड, चीन र भियतनाम निक्कै पछि परेका थिए। तर २०२१ सम्म आइपुग्दा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको ग्लोबल हेल्थ सेक्युरिटि इन्डेक्समा केही गम्भीर त्रुटि रहेको प्रष्ट भइसकेको छ। अमेरिका र संयुक्त अधिराज्यमा महामारी नियन्त्रण बाहिर रहेको भनिएको छ। तर महामारी नियन्त्रणका लागि चीनले चालेका कठोर कदमहरूको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले प्रशंसा गरेको छ। न्यूजील्याण्डलाई उदाहरणीय भनेर तारिफ गरिएको छ भने ९ करोड ५० लाख जनसङ्ख्या रहेपनि भियतनाममा अहिलेसम्म ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ। सर्सर्ती हेर्दा कागजमा राम्रो देखिएका केही देशहरू…
Read More
भारत कोरोना भाइरस: के भारतीय खोप उत्पादकहरूले कोभिड-१९ खोपको माग पूरा गर्न सक्लान्?

भारत कोरोना भाइरस: के भारतीय खोप उत्पादकहरूले कोभिड-१९ खोपको माग पूरा गर्न सक्लान्?

विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ। ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। त्यसोभए के उसले त्यो माग पूरा गर्नसक्छ त ? अहिले भारतमा दुईवटा खोपलाई अनुमति दिइएको छ। ती खोप कोभिशील्ड (यूकेमा विकास गरिएको अक्सफर्ड-एस्ट्राजेने खोपको स्थानीय नाम) र कोभ्याक्सीन हुन्। सबैभन्दा ठूलो उत्पादक सीरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) ले आफूले प्रत्येक महिना छ करोडदेखि सात करोड मात्रा खोप उत्पादन गर्न सक्ने बताएको छ। भारत बायोटेक कम्पनीले एक वर्षमा २० करोड खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। तर…
Read More
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक रेकर्ड गरिएको छ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक रेकर्ड गरिएको छ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक धेरै रेकर्ड गरिएको छ ।भारतमा बिहीवार सर्वाधिक दैनिक वृद्धि देखिएको छ ।त्यहाँ एकै दिनमा थप ६९,६७२ कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् ।योसँगै त्यहाँ कुल २८ लाख भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छन् ।बिहीवार थप ९९७ सहित भारतमा कुल ५३,८८६ जनाको ज्यान गइसकेको छ ।अमेरिका र ब्राजिलपछि भारत सबभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित भेटिएको मुलुक हो।
Read More
भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना

भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना

 इण्डियन मेडिकल एसोसिएसन (आईएमए)ले भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था निकै खराब रहेको बताएको छ । आईएमएका अनुसार भारतको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कम्युनिटी ट्रान्समिसनको संकेत देखिएको छ । आईएमए हस्पिटल बोर्ड अफ इन्डियाका अध्यक्ष डा. वीके मोङ्गाले एएनआईसँगको कुराकानीमा भारतमा कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिएको बताए । भारतमा अहिले दैनिक ३० हजारभन्दा पनि धेरै नयाँ संक्रमित भेटिन थालेका छन् । मोङ्गाले भने, ‘मुलुकको लागि यो निकै खराब अवस्था हो । यससँगै जोडिएका धेरै पाटाहरु छन् तर अब यो ग्रामीण क्षेत्रमा फैलिरहेको छ । यो निकै खराब संकेत हो ।’ मोङ्गाले ग्रामीण क्षेत्रमा कोरोना भाइरस नियन्त्रण सरकारको लागि…
Read More
कोरोना भाइरस: अमेरिकामा ‘बेचैन पार्ने गरी’ सङ्क्रमण वृद्धि

कोरोना भाइरस: अमेरिकामा ‘बेचैन पार्ने गरी’ सङ्क्रमण वृद्धि

अमेरिकाका प्रमुख सरुवा रोग विशेषज्ञले सांसदहरूलाई केही राज्यमा "बेचैन पार्ने गरी कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि" देखिएको बताएका छन्। डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोनाभाइरसको नयाँ प्रकोप रोक्नका लागि आगामी केही दिन महत्त्वपूर्ण हुने बताएका हुन्। अमेरिकाका केही राज्यहरूमा सङ्क्रमणम तीव्र गतिमा बढिरहेको छ। फाउची र अन्य तीन जना विज्ञहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कहिल्यै परीक्षणलाई कम गर्न नभनेको बयान दिएका छन्। ट्रम्पको खण्डन ओक्लाहोमामा भएको एउटा र्‍यालीमा ट्रम्पले सङ्क्रमण कम देखाउन परीक्षणको दायरा कम गर्नु भन्ने सल्लाह दिइएको बताएपछि ती विज्ञहरूको भनाइ आएको हो। ह्वाइटहाउसले भने राष्ट्रपतिको भनाइ "व्यङ्ग्यात्मक" भनेको छ। डा. फाउचीले भने, "मेरो जानकारीमा भएसम्म हामीमध्ये कसैले पनि कहिल्यै पनि परीक्षण…
Read More