coronil

‘कोरोनिल’ किटको वितरण नेपालमा किन रोकियो ?

‘कोरोनिल’ किटको वितरण नेपालमा किन रोकियो ?

कोरोना महामारी उत्कर्षमा पुगेको बेला भित्रिएको बाबा रामदेवको कम्पनीले उत्पादन गरेको विवादस्पद ‘कोरोनिल’ किट अहिले नेपालमा चर्चामा छ । कोरोना संक्रमण निको पार्ने दाबी गर्दै पतञ्जलिले उत्पादन गरेको विवादास्पद ‘कोरोनिल’ किट सहयोग प्राप्त हुनुलाई नेपालमा मान्यता दिलाउने षड्यन्त्रको रूपमा भित्रिएको जानकारहरू बताउँछन् । भारतमा समेत विवादस्पद रहेको कोरोनिल किट तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उत्पादक कम्पनीबाट ‘अनुदान’ स्वरूप ग्रहण गरेका थिए । विभागबाट अनुमति नपाएको मात्र होइन, उत्पादक देश भारतमै यसको विश्वसनीयतामाथि प्रश्न उठिरहेको अवस्थामा बहालवाला स्वास्थ्य मन्त्रीले अनुदान ग्रहण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सहयोग स्वरूप प्राप्त ती आयुर्वेदिक औषधिलाई मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा पठाएको थियो ।…
Read More