corona virus

भारतमा कोरोना भाइरस संक्रमित घट्दो, २४ घन्टामा साढे ६७ हजारमात्रै थप

भारतमा कोरोना भाइरस संक्रमित घट्दो, २४ घन्टामा साढे ६७ हजारमात्रै थप

भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै कोरोना भाइरसबाट १ लाख ८० हजार ४५६ जना संक्रमण मुक्त भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ हजार १८८ जनाको मृत्यु भएको छ। भारतमा अहिले ९ लाख ९४ हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै भारतमा अहिलेसम्म १ अरब ७० करोड २१ लाख ७२ हजार ६१५ जनालाई खाेप लगाइसकिएको छ।
Read More
कोभिड यूके: कोरोना भाइरस महामारी सुरु भएयता एकैदिन सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि, ओमिक्रोनको प्रकोप बढ्दो

कोभिड यूके: कोरोना भाइरस महामारी सुरु भएयता एकैदिन सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि, ओमिक्रोनको प्रकोप बढ्दो

यसअघि गत ज्यानुअरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि हुँदा यूके लकडाउनमा थियो। इङ्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही सातामा कैयौँपटक भङ्ग हुने बताएका छन्। एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले क्रिस्मसका बेला जमघट गर्नुअघि मानिसहरूले के कुरा महत्त्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताए। उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए। जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोबर भएको पाइएको बताए। उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले बढेको देखिन्छ। यूकेमा एकसाथ दुई प्रकोप लन्डनमा ओमिक्रोनको…
Read More
सीरो सर्वेक्षणको निष्कर्ष ‘दुईतिहाइ भारतीयमा कोरोना भाइरस’

सीरो सर्वेक्षणको निष्कर्ष ‘दुईतिहाइ भारतीयमा कोरोना भाइरस’

भारतमा एउटा नयाँ राष्ट्रिय सीरो सर्वेक्षणले छ वर्षभन्दा माथिका झन्डै ६७ नागरिक कोरोनाभाइरसको संसर्गमा पुगिसकेको जनाएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले ३६,२२७ जनालाई संलग्न गराएर उक्त सर्वेक्षण गरेको थियो। जुन र जुलाई महिनामा २१ वटा राज्यमा गरिएका ती सर्वेक्षणबाट प्रत्येक तीन जनामध्ये दुई जनामा कोभिडविरुद्ध विकसित प्रतिरक्षात्मक एन्टिबडी पाइएको छ। यसले अझै ४० करोड भारतीयहरू सङ्क्रमणको जोखिममा रहेको देखाउँछ र अधिकारीहरूले कोभिड मापदण्ड खुकुलो गरिएकोमा चेतावनी दिएका छन्। भारतले अहिलेसम्म तीन करोड १० लाख जनामा कोभिड सङ्क्रमण भएको उल्लेख गरेको छ। सरकारी तथ्याङ्कअनुसार कोभिडका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाखजति छ। केही सातायता दैनिक पुष्टि हुने…
Read More