23
Dec
अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले कोभिड १९ विरुद्धको फाइजर एन्टीभाइरल पिल 'प्याक्सलोभिड' प्रयोगका लागि स्वीकृत गरेको छ। कोरोना भाइरस संक्रमणको प्रभाव रोक्न विश्वभर भ्याक्सिन अभियान संचालन भइरहँदा कोभिड १९ विरुद्ध स्वीकृति पाउने यो पहिलो एन्टीभाइरल चक्की हो। चक्कीको प्रयोग १२ वर्षभन्दा माथिले मात्रै प्रयोग गर्ने गरी एफडीएले मन्जुरी दिएको हो। 'हाइ रिक्स'मा रहेका १२ वर्षभन्दा माथि उमेर समूहका, शरीरको तौल कम्तीमा ८८ पाउन्ड भएका र कोभिड १९ परीक्षण गरी उपचार गराउनुपर्ने व्यक्तिले यो चक्की प्रयोग गर्न सक्छन्। यस्तो एन्टीभाइरल पिल प्रयोगका लागि चिकित्सकको स्वीकृति अनिवार्य गरिएको छ। यो चक्की कोभिड १९ देखिएको र लक्षण देखिएको पाँच दिनभित्र खानुपर्ने एफडीएले जनाएको छ। 'निरमट्रिलभिर' र…