13
Oct
लागुऔषध मुक्ति उपचार केन्द्रमा उपचारको नाममा एक किशोरलाई कुटपिट गरी हत्या गरिएको छ। त्यसपछि आक्रोशित भीडले लागुऔषध उन्मुक्ति उपचार केन्द्रमा तोडफोड गरेका थिए। स्थिति नियन्त्रणमा लिन भारी प्रहरी परिचालन गरिएको थियो। घटना तुफानगञ्ज शहर नजिकै अन्डारण फुलबारी–१ ग्राम पञ्चायत क्षेत्रमा भएको हो। गम्भीर बिरामी परेका किशोरलाई तुफानगञ्ज विभागीय अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको नाम सैफुल अली (१७) घर तुफानगञ्ज–१ ब्लक नम्बर नक्कटी गछ ग्राम पञ्चायत कामत फुलबारी रहेको बताइएको छ। ती किशोरलाई रक्सी, गांजा र अन्य लत लागेको थियो। एक साताअघि परिवारका सदस्यले उनलाई स्थानीय दुर्व्यसन मुक्ति केन्द्रमा भर्ना गरेका थिए। शुक्रबार बिहान सेन्टरबाट किशोरका परिवारका सदस्यलाई…