28
Oct
चीनमा अबदेखि अग्ला भवन निर्माण गर्न नपाइने भएको छ। करिब ३० लाखभन्दा कम जनसंख्या भएका साना शहरहरुमा चीनले अग्ला भवन निर्माणमा रोक लगाएको हो। चीनको भवन तथा ग्रामीण शहर विकास मन्त्रालय र आपतकालिन व्यवस्थापन मन्त्रालयले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। मापदण्डअनुसार चीनले कम जनसंख्या भएका साना शहरहरुमा १५० मिटरभन्दा अग्ला गगनचुम्बी भवन निर्माणमा रोक लगाएको हो। करिब ३० लाखभन्दा माथि जनसंख्या भएका शहरहरुमा भने २५० मिटरभन्दा अग्ला भवन निर्माणमा रोक लगाएको छ। चीनमा संसारका केहि अग्ला भवनहरु निर्मित भएपनि करिब ५ सय मिटरभन्दा अग्ला भवन निर्माण गर्न नपाइने प्रावधान छ। यद्यपि, करिब ६३२ मिटर अग्लो साङ्घाई टावर र ५९९…