02
Mar
अमेरिकाका आठ वर्षीय बालक जोसेफ डिन 'फोर्टनाइट' नामक लोकप्रिय 'कम्प्युटर गेम'मा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका छन्। गत डिसेम्बरमा 'टिम ३३' ले उनलाई अनुबन्ध गरेपछि उनले हस्ताक्षर गरेबापत ३३,००० अमेरिकी डलर र एउटा तीव्र गतिको कम्प्युटर प्राप्त गरेका छन्। 'फोर्टनाइट' अनलाइन खेलिने खेल हो जुन विश्वका करौडौँ मानिसहरूले खेल्ने गर्छन्। संसारभर २० करोड प्रयोगकर्ता रहेको यो खेल नि:शुल्क डाउनलोड गर्न सकिन्छ। "मलाई अनुबन्धको प्रस्ताव आउँदा रमाइलो लाग्यो," उनले बीबीसीलाई भने। "मैले व्यावसायिक खेलाडी बन्ने विषयमा लामो समयदेखि सोचेको थिएँ तर टिम ३३ को प्रस्ताव नआउँदासम्म कसैले यो कुरालाई गम्भीरतापूर्वक लिएनन्।" जोसेफले चार वर्षको उमेरदेखि 'फोर्टनाइट' खेल्न थालेका थिए र…