clock

गान्धीको बिग्रिएको घडी १२ हजार पाउन्डमा लिलामीमा बिक्यो

गान्धीको बिग्रिएको घडी १२ हजार पाउन्डमा लिलामीमा बिक्यो

कुनै समय महात्मा गान्धीले "लगाएको र बिग्रिएको" घडी १२ हजार पाउन्ड (झण्डै अठार लाख रुपैयाँ)मा बिक्री भएको छ।चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुवालाई गान्धीले सन् १९४४ मा "उनको समर्पणका लागि धन्यवाद स्वरूप" दिएका थिए। लिलामीकर्ता एन्ड्र्यू स्टोले शुक्रवार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउन्ड प्राप्त गर्ने आशा राखेका थिए।स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एकजना निजी सङ्कलक हुन्।यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो। गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो।
Read More