Chine

भारत-चीन सीमा विवाद: डोनल्ड ट्रम्प भन्छन्, ‘समस्या समाधान गर्न सघाउन अमेरिका इच्छुक’

भारत-चीन सीमा विवाद: डोनल्ड ट्रम्प भन्छन्, ‘समस्या समाधान गर्न सघाउन अमेरिका इच्छुक’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको र सहयोग गर्न इच्छुक भएको बताएका छन्। उनले दुवै देशसँग अमेरिकाले त्यस विषयमा कुराकानी गरिरहेको जानकारी दिए। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै भने, "यो एकदमै कठिन परिस्थित हो। हामी भारतसँग कुराकानी गरिरहेका छौँ, हामी चीनसँग पनि कुराकानी गरिरहेका छौँ।" "त्यहाँ दुई देशबीच ठूलो समस्या छ। दुवै आमुन्नेसामुन्ने भएका छन् र हामी अब के हुन्छ हेरिरहेका छौँ। हामी उनीहरूलाई सहयोग गर्न प्रयास गर्दैछौँ।" गत साता सोमवार राति गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसक सङ्घर्षमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो। भारतले चिनियाँ सैनिकहरू पनि हताहत भएको…
Read More
भारत-चीन सीमा विवाद: लद्दाखमा दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

भारत-चीन सीमा विवाद: लद्दाखमा दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सेनाले 'दुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरू स्थिति सामान्य बनाउन वार्तामा रहेको' बताउँदै दुवैतर्फ सैनिकको मृत्यु भएको जनाएको छ। चीनले भारतलाई तनाव बढ्ने गरी एकपक्षीय रूपमा कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ। समाचारसंस्था एएफपीका अनुसार चीनले भारतलाई सीमा उल्लङ्घन गरेर चिनियाँ सैनिकमाथि आक्रमण गरेको आरोप लगाएको छ। सीमावर्ती सिक्किममा भारतीय र चिनियाँ सेनाबीच हात हालाहालदोक्लमबाट फौज फिर्ता गर्न भारतलाई चेतावनी बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको…
Read More