China

चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ

चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ

उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।चिनियाँ यान आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् । सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।पाँच उपकरण…
Read More
चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

 एउटा अनुसन्धानले उइगर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकलाई घरभन्दा टाढा सिनजियाङमा पठाउने चीनियाँ नीतिले उनीहरूको जनसङ्ख्या तितरबितर पार्ने देखाएको छ। नयाँ जागिरको निम्ति भन्दै उनीहरूलाई सार्ने चीन सरकारको नीति रहेको बताइएको छ।प्रमाणहरूले सिनजियाङभर पुनर्शिक्षा शिविर बनाइएको र उक्त नीति उनीहरूलाई नियन्त्रण गर्ने कडा उपाय भएको देखाएको छ।बेइजिङले योजनाबद्ध रूपमा जनसङ्ख्या पातलो बनाउने उद्देश्य नभएको बताउँदै ग्रामीण गरिबी निर्मुल पार्ने योजना भएको बताएको छ।
Read More
कोरोना भाइरसको महामारी नियन्त्रणबारे बोले चिनियाँ राष्ट्रपति

कोरोना भाइरसको महामारी नियन्त्रणबारे बोले चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन् ।  राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए । उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरुसँग फोनवार्ता गरेका थिए ।  सो फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि…
Read More
सार्वजनिक प्रयोगका लागि साइनोफार्मले विकास गरेको खोप स्वीकृत

सार्वजनिक प्रयोगका लागि साइनोफार्मले विकास गरेको खोप स्वीकृत

चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ। उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्।चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरिराखिएको छ।सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो।
Read More
नेपाल मा चीनी प्रतिनिधिमण्डली

नेपाल मा चीनी प्रतिनिधिमण्डली

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा नेपालको राजनीतिक स्थिरताबारे चिन्ता जाहेर गरेको राष्ट्रपतिका एक विज्ञले बताएका छन्। राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिका ढकालले बीबीसीलाई भने: "नेपालभित्रको राजनीतिक स्थिरता र स्थायित्वप्रति चीनको चिन्ता छ भन्ने वहाँहरूको छलफलमा देखिएको थियो।" सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका आन्तरिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने कुरामा आश्वस्त पार्न खोजेको ढकालले बताए। आइतवार राष्ट्रपति भण्डारीसँग झन्डै आधा घण्टा भेटेपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो।
Read More
चीन 70 बर्ष दिकीं तिब्बतको कब्जा गरेर छन

चीन 70 बर्ष दिकीं तिब्बतको कब्जा गरेर छन

झन्डै ४० वर्षसम्म तिब्बत स्वतन्त्र थियो र त्यहाँ वास्तविक स्वतन्त्रता थियो। तर सन् १९४९ मा चीनमा कम्युनिस्टको जितपछि उक्त हिमाली क्षेत्रको परिस्थति फेरियो अनि विवादको इतिहासको जग त्यहीँबाट बस्यो। सन् १९५० अक्टुबर ७ तारिखमा माओ त्सेतुङको सेना तिब्बत पस्यो। सैनिकहरूले अक्टुबर १९ मा चाम्डु सहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिए। झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबावमाझ तिब्बतका धार्मिक नेता दलाई लामाले १७ बुँदे विवादित सहमतिमा हस्ताक्षर गरे। त्यसअनुसार तिब्बत आधिकारिक रूपमा चीनको भूभाग बन्यो। तर नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा उक्त सन्धिलाई अमान्य मान्छन्। त्यो हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाव दिएर इच्छाविपरीत गराइएको उनको तर्क छ। दलाई लामा…
Read More
चीनले लद्दाखमा १,००० वर्ग किलोमिटर क्षेत्र नियन्त्रण गर्दछ

चीनले लद्दाखमा १,००० वर्ग किलोमिटर क्षेत्र नियन्त्रण गर्दछ

चीन सेनाले जम्मा गर्दैछ र अप्रिल-मेदेखि एलएसीमा आफ्नो उपस्थिति सुदृढ गर्दैछ। जून १५ पूर्वी लद्दाखको गाल्वान उपत्यकामा चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) का सैनिकहरूसँगको हिंसात्मक संघर्षमा २० सैनिक मारिए। चिनियाँ सेनाहरूले फिंगर देखि त्सो (ताल) छेउको क्षेत्रमा पर्याप्त क्षेत्र ओगटेको छ। फिंगर ४ - ८ बीचको दूरी, हिमाली स्पर्स ताल ताल छोड्दा, करिब आठ किमी छ। भारत र चीन दुबै गत मेसम्म गस्ती गएको थियो र भारतले यसलाई एलएसीको धारणाको एक हिस्साका रूपमा लिन्छ। चीनको सीमामा रहेको अडान कुटनीतिक र सैन्य तहका धेरै चरणहरूको वार्ता पछि पनि जारी रहन्छ।
Read More
चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर निकाय सीआईएका भूतपूर्व अधिकारीलाई मुद्दा

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर निकाय सीआईएका भूतपूर्व अधिकारीलाई मुद्दा

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। ती नातेदार पनि सीआईएका कर्मचारी थिए। सतसट्ठी वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ। चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन्।
Read More
हत्याको अभियोग लागेका व्यक्तिलाई २७ वर्षपछि सफाइ

हत्याको अभियोग लागेका व्यक्तिलाई २७ वर्षपछि सफाइ

हत्याको अभियोगमा चीनको पूर्वी क्षेत्रमा २७ वर्षदेखि जेल सजाय भोगिरहेका एक व्यक्तिलाई निर्दोष ठहर गरेर रिहा गरिएको छ।प्रहरीले आफूलाई यातना दिएर सन् १९९३ मा दुई युवाको हत्या गरेको स्वीकार गर्न बाध्य पारेको जाङ युख्वानले बताएका छन्।जीयाङ्सी प्रान्तस्थित जेलमा ९,७७८ दिन काटेका उनी चीनमा विनाअपराध सबैभन्दा लामो समयसम्म थुनामा परेका व्यक्ति हुन्। उनी विरुद्धको मुद्दा पुनः खुला गरेका अभियोजनकर्ताहरूले उनको स्वीकारोक्तिमा समनता नदेखिएको र मूल अपराधसँग मेल नखाएको बताएका छन्।एउटा उच्च अदालतले उनको दोष प्रमाणित गर्न पर्याप्त प्रमाणहरू नभएको पाएसँगै उनी मुक्त भएका छन्।पर्यवेक्षकहरूका अनुसार चीन गलत रूपमा लगाइएका अभियोग उल्टाउन इच्छुक देखिन्छ तर त्यो राजनीतिक मुद्दामा नभएर आपराधिक मुद्दामा मात्रै…
Read More
चीनमा बाढीले ३ करोड ७८ लाखभन्दा बढी प्रभावित

चीनमा बाढीले ३ करोड ७८ लाखभन्दा बढी प्रभावित

वुहान — बाढीका कारण गत जुन महिनादेखि चीनका २७ प्रान्तमा आएको बाढीमा १४१ जना चिनियाँ बेपत्ता छन् । जसमध्ये कतिपयको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बाढीले ३ करोड ७८ लाख ९० हजार मानिस प्रभावित भएको र २ लाख २४ हजार ६ सयलाई सुरक्षित ठाउँमा सारिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जुनको सुरुवातदेखि नै चीनका ४ सय ३३ नदीमा पानीको बहाव उच्च खतरामा पुगेको छ । जसमध्ये ३३ वटा नदीको बहाव हालसम्मकै उच्च रहेको त्यहाँको जलस्रोत मन्त्रालयले सोमबार बताएको छ । चीनको बाढी नियन्त्रण तथा खडेरी राहतसम्बन्धी कार्यालयका अनुसार लगातारको वर्षातले बाढी अझै बढ्न सक्ने बताइएका कारण बाढी रोकथामका लागि आकस्मिक पहलकदमीका लागि…
Read More