China

चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सम्झौता

चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सम्झौता

यूके, अमेरिका र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन्। उक्त कदम चीन लक्षित रहेको बताइएको छ। सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ। ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेट्नेछ। प्रभाव इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित छन्। पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ। सन् २०१६मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो। त्यो अस्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्बन्धी सम्झौता…
Read More
दक्षिण चीन सागरमा अभ्यास गरेर फर्किए भारत र सिंगापुर

दक्षिण चीन सागरमा अभ्यास गरेर फर्किए भारत र सिंगापुर

दक्षिण चीन सागरमा समुद्री द्विपक्षीय अभ्यास गरेर भारत र सिंगापुर फर्किएका छन् । शनिवार सिंगापुर भारत समुद्री द्विपक्षीय - अभ्यास सिम्बेक्सको २८ औं संस्करणको सफलतापूर्वक समापन भएको हो । यस अभ्यासले दुवै पक्ष बीचको द्विपक्षीय रक्षा सम्बन्ध अझ बलियो बनाएको छ। आरएसएनले यस अभ्यासका क्रममा थुप्रै चुनौतीको सफलतापूर्वक सामना गरेका थिए दुवै देशका नौसेनाले प्रत्यक्ष हतियार सञ्चालन, उन्नत नौसेना युद्धाभ्यास, पनडुब्बी विरोधी, वायु र विरोधी सतह युद्धमा भाग लिएका थिए । सो तीन दिने वार्षिक अभ्यासको आयोजना आरएसएनले दक्षिण चीन सागरको दक्षिणी किनारमा गरेको थियो । शनिवार जारी एक प्रेस विज्ञप्ति अनुसार भारतीय रक्षा मन्त्रालयले अभ्यासको मापन र जटिलताको वर्णन…
Read More
चीनबाट आएको जहाजले ओभरसुट गर्‍यो, एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मार्‍यो

चीनबाट आएको जहाजले ओभरसुट गर्‍यो, एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मार्‍यो

चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको थियो । मौसम खराबीका कारण विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले सो जहाजले ओभरसुट गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए । ‘भिजिबिलिटी कम भयो भने, हावाको वेग बढी भयो भने, रनवेमा केही चिज देखियो भने पाइलटले अवतरणको जोखिम लिंदैन र ओभरसुट…
Read More
चीनमा तीन शिशु जन्माउनेलाई बम्पर उपहार

चीनमा तीन शिशु जन्माउनेलाई बम्पर उपहार

चीनको कम्युनिस्ट सरकारले आफ्नो बाल नीतिमा ठुलो परिवर्तन गरेको छ । चीनले अब तीन सन्तान नीति स्वीकृत गरेको छ । जस अनुसार अब चीनका जनताले तीन वटा शिशुहरूसम्म जन्माउन सक्छन् । सरकारले तीन बच्चा जन्माउनेहरूलाई विशेष आर्थिक प्रोत्साहन पनि दिने कुरो बताएको छ । चीनमा लामो समयदेखि बाल नीतिमा परिवर्तनको माग गरिँदै आएको थियो । चीनको एक सन्तान नीतिको कारण सारा विश्वमा आलोचना हुँदै आएको छ । यसै कारणले चीनले सन् २०१६ मा एक सन्तानको सट्टा दुई सन्तान नीति लागू गरेको थियो। अब यो फेरी परिवर्तन भएको छ। अगस्त २० मा चीन सरकारले तीन सन्तान नीति स्वीकृत गन्यो । अब…
Read More
चीनमा क्यानडाली व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय

चीनमा क्यानडाली व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय

चीनको एउटा अदालतले क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ। सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोर अर्का क्यानडाली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए। यो फैसलाले क्यानडा र चीनबीच कठिन बनेको सम्बन्ध परीक्षण गर्ने मानिएको छ। चीनले अमेरिकाले सुपुर्दगी चाहेको ह्वावेईकी कार्यकारी प्रमुख मङ वान्जूलाई क्यानडाबाट छुटाउने प्रयत्न गरिरहेको छ। आलोचकहरूले चीनले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभई मङलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेको दाबी गर्छन्। बुधवार प्रकाशित एउटा विज्ञप्तिमा डान्डोङ अदालतले भनेको छ: "जासुसी र राज्यका गोप्य कुरा विदेश पुर्‍याएको अपराधका लागि स्पाभोरलाई ११ वर्षको जेल, ५०,००० युआन बराबरको निजी सम्पत्ति जफत र देशनिकालाको…
Read More
चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

चीनले परमाणु क्षेप्यास्त्र बढाउँदै लगेको अमेरिकाको दाबी

भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको छ। अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका छन्। यो चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ। निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ। गत महिना वाशिङ्टन पोस्ट समाचारपत्रले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको विवरण प्रकाशित गरेको थियो। एफएएसले सोमवारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर-पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको…
Read More
चीनको पूर्वी सहर सुजूमा एउटा होटल भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको

चीनको पूर्वी सहर सुजूमा एउटा होटल भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको

उक्त दुर्घटना भएको ३६ घण्टासम्म खोजतलास गर्दा उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएर रहेका २३ जनालाई फेला पारेका थिए। तीमध्ये छ जना जीवितै छन्। चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार उक्त भवनका मालिकले भवनको संरचनामा नै फेरबदल गर्ने प्रयास गरेकाले उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। हालैका वर्षहरूमा उक्त भवनमा पटकपटक मर्मतका कामहरू भएको बुझिएको छ, रेडस्टार न्यूजसँग कुरा गर्दै उक्त भवनमा बसोबास गर्दै आएका एक व्यक्तिले भने, "यो भवन सुरुमा तीनतलै मात्रै थियो तर तिनीहरूले विस्तारै यसमा तला थप्दै गए।" जियाङ्गशु प्रान्तीय सरकारले उक्त दुर्घटनाबारे एक टोलीले छानबिन गरिरहेको र घटनासँग "सम्बन्धित व्यक्तिहरूले" फौजदारी अभियोगको सामना गर्नुपर्ने बताएको छ। सोमवार स्थानीय…
Read More
एक चिनियाँ व्यक्तिले २४ वर्षपछि आफ्नो हराएको छोरा भेटेका छन्।

एक चिनियाँ व्यक्तिले २४ वर्षपछि आफ्नो हराएको छोरा भेटेका छन्।

गुओ गाङ्टाङले छोराको खोजीमा मोटरसाइकलमा पाँच लाख किलोमिटरभन्दा लामो यात्रा गरेका थिए। दुई वर्षको उमेरमा उनका छोरालाई शान्डोङ प्रान्तमा रहेको घर अगाडिबाटै मानव तस्करहरूले अपहरण गरेका थिए। ५१ वर्षका बाबुको शनिवार छोरासँग पुनर्मिलन भएको बताइएको छ। सन् २०१५ मा हङकङका सुपरस्टार एन्डी लाउ अभिनित एक चलचित्र उनीहरूकै कथाबाट प्रेरित थियो। चीनमा बालबालिका अपहरण ठूलो समस्याका रूपमा रहेको र त्यहाँ बर्सेनि हजारौँ बालबालिका अपहरणमा पर्ने जनाइएको छ। चीनको जनसुरक्षा मन्त्रालयका अनुसार डीएनए परीक्षणका आधारमा प्रहरीले उनको छोरा पत्ता लगाएको हो। ग्लोबल टाइम्स पत्रिकाका अनुसार २४ वर्षअघि अपहरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। थप विवरण नखुलाइए पनि स्थानीय पत्रिकाहरूले गुओका…
Read More
शतवार्षिकीमा राष्ट्रपति सी जिनपिङको चेतावनी, ‘चीन कसैको धम्कीले दब्ने छैन’

शतवार्षिकीमा राष्ट्रपति सी जिनपिङको चेतावनी, ‘चीन कसैको धम्कीले दब्ने छैन’

उनले बिहीवार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै बेइजिङले "आफू मात्रै असल भनेर अरूलाई दिने उपदेश"लाई नसहने पनि बताएका छन्। उनको टिप्पणी अमेरिकालाई लक्षित गरिएको मानिएको छ। हङ्कङ्मा भइरहेको भनिएका मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा त्यस्तो टिप्पणी आएको हो। हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ। ताइवानको मुद्दा पनि दुई देशबीचको तनावको प्रमुख कारण हो। प्रजातान्त्रिक ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने गर्छ भने चीनले उक्त टापुलाई आफूबाट अलग भएर गएको प्रान्त भन्ने गर्छ। अमेरिकी कानुन अनुसार ताइवानलाई बेइजिङले बल प्रयोग…
Read More
चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई

गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिएको हो। सोमबार बिटकोइनको मूल्य १० प्रतिशतले कम भएको थियो तर मङ्गलवार भने स्थिर भयो। एप्रिलमा प्रतिबिटकोइन ६३,००० अमेरिकी डलर पुगेको मूल्य अहिले त्यसको झन्डै आधा छ। सोमवार केन्द्रीय पीपल्स ब्याङ्क अफ चाइनाले हालै मुख्य ब्याङ्क र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको बताएको हो। एग्रिकल्चरल ब्याङ्क अफ चाइनाले केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने बताएको छ। पोस्टल सेभिङ ब्याङ्कले पनि किप्टोकरेन्सी कारोबार नगर्ने बताएको छ। मोबाइल र अनलाइन भुक्तानी सेवा…
Read More