celebrate Dashain

विशेष सुरक्षा कार्ययोजनाः दशैँ मनाउन घर जानेहरूलाई प्रहरीका के छन् सुझाव

विशेष सुरक्षा कार्ययोजनाः दशैँ मनाउन घर जानेहरूलाई प्रहरीका के छन् सुझाव

नेपाल प्रहरीले मुख्य चाड दशैँ र तिहारलाई ध्यानमा राखी विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ। दशैँको चहलपहल शुरू हुने नवरथादेखि सुरक्षा कार्ययोजना लागु गरिएको नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले बताए। यसपालि विशेष सुरक्षा कार्ययोजनामा कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने गतिविधि र चोरी, लुटपाटका घटना नियन्त्रण तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउन रोक्ने लगायतका विषय समेटिएको प्रहरीले जनाएको छ। सार्वजनिक यातायात सम्बन्धमा दशैँ र तिहारका बेला ठूलो सङ्ख्यामा मानिसहरू अस्थायी बसोबास हुने ठाउँ छोडेर घर जाने गर्छन्। "मानिसहरूले टिकट पाउनेदेखि लिएर गाडी चढ्ने र गन्तव्यमा पुग्ने अवस्थासम्म सहजता होओस् भनेर प्रहरीको तैनाथी र सुरक्षा कार्ययोजना बनाएका छौँ,"…
Read More