Canadian

चीनमा क्यानडाली व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय

चीनमा क्यानडाली व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय

चीनको एउटा अदालतले क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ। सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोर अर्का क्यानडाली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए। यो फैसलाले क्यानडा र चीनबीच कठिन बनेको सम्बन्ध परीक्षण गर्ने मानिएको छ। चीनले अमेरिकाले सुपुर्दगी चाहेको ह्वावेईकी कार्यकारी प्रमुख मङ वान्जूलाई क्यानडाबाट छुटाउने प्रयत्न गरिरहेको छ। आलोचकहरूले चीनले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभई मङलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेको दाबी गर्छन्। बुधवार प्रकाशित एउटा विज्ञप्तिमा डान्डोङ अदालतले भनेको छ: "जासुसी र राज्यका गोप्य कुरा विदेश पुर्‍याएको अपराधका लागि स्पाभोरलाई ११ वर्षको जेल, ५०,००० युआन बराबरको निजी सम्पत्ति जफत र देशनिकालाको…
Read More