13
Jan
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको बेला आयोजित ‘डिं«क पार्टी’मा सहभागिता जनाएको स्वीकार गरेपछि उनीमाथि पद त्याग्न दबाब बढेको छ । डाउनिङ स्ट्रिट गार्डेनमा सन् २०२० मा १०० जनालाई आफ्नो मदिरा आफैँ ल्याउने गरी सो पार्टीमा सरिक हुन आमन्त्रण गरिएको थियो । जसमा ५० प्रतिशतभन्दा कम आमन्त्रितहरूको सहभागिता थियो । प्रधानमन्त्रीले जोन्सनले सो घटनालाई लिएर औपचारिक रूपमा क्षमायाचना गर्दै आफूले जनआक्रोश बुझेको बताएका छन् । यस विवादलाई लिएर उपप्रधानमन्त्री डोमिनिक र्यावलगायत मन्त्रिमण्डलका सदस्यहरूले जोन्सनको बचाउ गरेका छन् । तर, स्कटिस टोरी नेता डग्लस रोस र विधायकहरू विलियम र्याग, क्यारोलिन रोस र रोजर गेलले जोन्सनलाई पदबाटै हट्न आग्रह गरेका छन् । बुधबार…