brazil

ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो । प्राप्त समाचारअनुसार  यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन…
Read More
ब्राजिलमा भत्किए दुई बाँध, हजारौं मानिस विस्थापित

ब्राजिलमा भत्किए दुई बाँध, हजारौं मानिस विस्थापित

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा हप्तौंदेखिको अविरल वर्षाले दुई वटा बाँध भत्किएका छन्।   उत्तरपूर्वी राज्य बाहियामा रहेको दुई वटा बाँध भारी वर्षाका कारण भत्किएको समाचार संस्था रोयटर्सले जनाएको छ। भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ। यस्तै शहरहरूमा पनि बाढी पसेको छ।  भिटोरिया-दा- कनक्विस्टाको भेररूगा नदीमा बनेको इगुवा बाँध शनिबार राति भत्किएको थियो। बाँध फुटेपछि स्थानीयहरूको स्थानान्तरण गर्नु परेको थियो।  भिटोरिया-दा-कनक्विस्टाका मेयर शिइला लिमोसले इगुवा बाँध नजिकैका बासिन्दाहरूलाई त्यो ठाउँबाट हटाइसकेको बताए। बाढी पसेपछि बिआर-११६ राजमार्ग पनि अवरूद्ध भएको थियो।  त्यो ठाउँबाट १०० किलोमिटर उत्तरमा जुस्सियापेमा रहेको अर्को बाँध पनि भत्किएको छ। त्यो बाँध भने आइतबार बिहान भत्किएको हो।  बाँध, सडक,…
Read More
ब्रजिलमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरूले केही बन्धकलाई गाडीमाथि बाँधेर लगे

ब्रजिलमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरूले केही बन्धकलाई गाडीमाथि बाँधेर लगे

ब्रजिलको एउटा सहरमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरूले केही मानिसलाई आफ्नै गाडीमाथि बाँधेर लिएर भागेका छन्। देशको दक्षिणी भेगमा अवस्थित आराशाटुवामा भएको डकैतीका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ। तीमध्ये एक जना सन्दिग्ध डाँका पनि छन्। उक्त डकैतीमा २० जनाभन्दा बढी मानिसहरू सहभागी थिए। डाँकाहरूले गाडीमा आगो लगाएर बाटो अवरुद्ध पारेका थिए तथा सहरका ठाउँठाउँमा विस्फोटक पदार्थ राखिदिएका थिए। केही वर्षयता मानिसलाई बन्धक बनाएर मानवढालका रूपमा प्रयोग गरी ब्याङ्कमा गरिने डकैतीका ठूला घटनाहरूको सङ्ख्या बढ्न थालेको छ। प्रारम्भिक विवरणहरूमा डाँकाहरूको समूहमा ५० जनाभन्दा बढी मानिस भएको बताइएको थियो। तर पछि उक्त सङ्ख्या २० को सेरोफेरोमा भएको विवरण…
Read More
भारत बायोटेकले ब्राजिलका कम्पनीहरूसँग रद्द गरे सम्झौता

भारत बायोटेकले ब्राजिलका कम्पनीहरूसँग रद्द गरे सम्झौता

भारत बायोटेकले ब्राजिलियाली फार्मास्यूटिकल कम्पनीहरू प्रिसिसा मेडिसमेन्टोस र स एन्भिक्सिया फार्मास्यूटिकल्स ने लिमिटेडसँग कोविड १९ को - आफ्नो भ्याक्सिन कोभ्याक्सिनको व्यवसायमा सहयोगको साझेदारीलाई रद्द गरिदिएको छ । हैदराबादस्थित कम्पनीले ब्राजिलमा भ्याक्सिन सम्झौतामा भ्रष्टाचार गरेको आरोप र पछि यो कदम चालेको छ भारतीय दे कम्पनीले ब्राजिल सरकारसँग ने कोभ्याक्सिनको २० करोड डोज आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यसमा भ्रष्टाचारका आरोपका कारण कम्पनी समस्यामा परेको छ र त्यहाँका अधिकारीहरूले अनुसन्धान शुरु गरेका छन् । प्रेसिसा मेडिसिनटोस ब्राजिलमा भारत बायोटेकको पार्टनर हो, जसले कम्पनीलाई यसको भ्याक्सिनको स्वीकृतिपत्र वितरण, बीमा र भ्याक्सिनको दोस्रो चरणको क्लिनिकल परीक्षणहरूलगायतका गतिविधिहरूमा सहयोग पुयाउँछ । भारत बायोटेकले…
Read More
ब्राजिलमा कोभिडबाट एकै दिन करिब तीन हजार जनाको मृत्यु

ब्राजिलमा कोभिडबाट एकै दिन करिब तीन हजार जनाको मृत्यु

ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो ।  ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र…
Read More
ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो । यो संख्या सँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या यहाँका १ करोड ६९ लाख भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन् । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार…
Read More
कोरोनाविरुद्धको खोप स्पुतनिक-भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

कोरोनाविरुद्धको खोप स्पुतनिक-भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोनाभाइरसको महामारी न्युनिकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ…
Read More
ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ

ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ

यहाँ बुधबार २ हजार ५०७ जना कोराेनाका सङ्क्रमित नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चौबीस घण्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान गएको थियो ।अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका सङ्क्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको…
Read More
ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ

ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ

स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ८७४ जनाको भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ । सङ्क्रमणबाट चार लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण घट्न सकेको छैन । कतिपय दिन संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ । अधिकारीहरुले सङ्क्रमितहरु अस्पतालहरूमा ठूलो सङ्ख्यामा  पाइएको छ । अधिकारीहरुले अहिले पनि बिरामीको चाप थेग्न सकेका छैनन् । गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२०…
Read More
ब्रजिलका सेना, नौसैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा

ब्रजिलका सेना, नौसैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा

राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक सङ्कट जेलिरहेका बेला ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ। सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बोल्सोनारु बाध्य भएका थिए। कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ। दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारन्टीनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन्। जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क रहिआएको छ। कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर "हल्ला बन्द गर्न" पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका छन्। ब्रजिलमा…
Read More