08
Jun
बरिष्ठ अभिनेत्री डिम्पल कपाडिया बुधबार ६५ वर्षको भएकी छन् । उनकी छोरी, अभिनेत्री ट्विंकल खन्नाले इन्स्टाग्राममा आमा डिम्पल र कान्छी बहिनी रिंके खन्नासँगको एक थ्रोब्याक तस्विर साझा गरेकी छिन्। ट्विंकल र रिंकी डिम्पल र स्वर्गीय अभिनेता राजेश खन्नाका छोरी हुन्। मोनोक्रोम तस्विर शेयर गर्दै ट्विंकलले लेखेकी छिन्, ‘जन्मदिनकी केटीको मन उनको अनुहारभन्दा पनि सुन्दर छ । जन्मदिनको शुभकामना आमा।" तस्बिरमा डिम्पलको काँधमा टाउको राखेर हाँसेकी ट्विङ्कल देखिएकी छिन् भने डिम्पलले रिङ्कीको सुरक्षा गरिरहेको देखिन्छ । ट्विंकलले तस्विर अपलोड गर्ने बित्तिकै उनका फ्यानहरूले पोस्टको टिप्पणी क्षेत्रमा डिम्पललाई शुभकामना दिन थाले। डिम्पललाई उनको पहिलो फिल्मको नाम बबीले बोलाउँदै, एक व्यक्तिले लेखे, "ह्याप्पी…