22
Sep
अमेरिका, बेलायत र अस्ट्रेलियाबीच ४० अर्ब डलर बराबरको पनडुब्बी सम्झौता रद्द गरिएपछि रिसाएका फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् । फ्रान्सले अस्ट्रेलियासँग पनडुब्बी निर्माणको सम्झौता गरेको भए पनि अस्ट्रेलियाले अन्तिम समयमा आएर धोका दिएको थियो । मोदी र म्याक्रोंको संयुक्त बयानमा उल्लेख गरिएअनुसार, हिन्द प्रशान्त क्षेत्रमा भारत र फ्रान्सबीच सहयोगको कुराकानी भएको छ । विश्लेषकहरूले अकिस सम्झौताका कारण फ्रान्सले अत्याधुनिक आणविक पनडुब्बी बनाउन सहायता गर्न सक्ने बताएका छन् । त्यसले चीनको जलसेनासँग टक्कर लिन सक्नेछ । मोदी र म्याक्रोंबीच मंगलवार फोनमा कुराकानी भएको हो । भारतको रणनीतिक स्वायत्ततालाई बलियो बनाउन सहयोग गर्ने म्याक्रोंले बताए ।…