02
Dec
अस्ट्रेलिया र चीनबीचको द्विदेशीय सम्बन्धमा जारी तनाव थप चर्केको छ । एक अस्ट्रेलियाली सैनिकले आफगान बालकलाई हत्या गरेको दाबीसहिको फोटो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुई दिनअघि ट्वीट गरेपछि सम्बन्धमा तनाव थपिएको हो ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिझाङले सोमबार उक्त फोटो ट्वीट गर्दै ‘डराउनु पर्दैन, हामी शान्ति कायम गर्न आउँदैछौं,’ भन्ने क्याप्सन लेखेका थिए । त्यसलगत्तै अस्ट्रेलियाले उक्त फोटो नक्कली भएको र यसले गलत सन्देश दिन खोजिएको भन्दै आक्रोश व्यक्त गरेको थियो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नक्कली फोटो ट्वीट गरेर गलत सूचना प्रवाह गरिएको र अवहेलना गरेको भन्दै माफी माग्न सोमबार चीनलाई आग्रह गरेका थिए । तर उनको आग्रहलाई चीनले ठाडै अस्वीकार गरिदिएको थियो ।…