apps

भारतले लगायो साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध

भारतले लगायो साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध

भारतले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । सोमबार भारतको विद्युतीय एवं सूचना प्रविधि मन्त्रालयले ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै चिनियाँ कम्पनी अलिबाबा, टेनसेन्ट होल्डिङ र नेटइजलगायत एपमाथि प्रतिबन्ध लगाएको भारतीय समाचार माध्यमले जनाएका हुन् । प्रतिबन्ध लगाइएका चिनियाँ एपमा स्विट सेल्फी एचडी, सेल्फी क्यामेरा र एपलकजस्ता एप छन् । भारतले गत वर्षको जुलाइमा टिकटक र विचाटसहित ५९ वटा मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो । लामो समयदेखि जारी सीमा विवादका कारण द्विपक्षीय व्यापार प्रभावित भइरहेका बेला भारत सरकारले पछिल्लो कदम चालेको साउथ चाइना मर्निङ…
Read More