Akshay

प्रधानमन्त्री मोदीको अन्तर्वार्ताविरुद्ध व्यंग्य गरेपछि कपिल शर्मासँग रिसाए अक्षय

प्रधानमन्त्री मोदीको अन्तर्वार्ताविरुद्ध व्यंग्य गरेपछि कपिल शर्मासँग रिसाए अक्षय

‘द कपिल शर्मा शो’मा अभिनेता अक्षय कुमार आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को प्रमोसन गर्न आउने छैनन्। उनी आफैंले यो शोमा जान अस्वीकार गरेका हुन्। शोको अन्तिम एपिसोडमा कपिलले प्रधानमन्त्री मोदीको मजाक उडाएका थिए।  मिडिया रिपोर्टका अनुसार अक्षय यही कारण कपिलसँग रिसाएका हुन्। यसमा कपिल शर्माले स्पष्टीकरण दिएका छन्।  अक्षय मेरो जेठो दाजु : कपिल शर्माकपिल शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा प्रिय साथीहरू! मैले मेरो र अक्षय पाजीका बारेमा मिडियामा चलिरहेका सबै समाचार पढेँ, हेरेँ। मैले भर्खरै पाजीसँग यस विषयमा कुरा गरेँ र सबै कुरा मिलाएको छु। मिस कम्युनिकेसन। अब सबै ठीक छ। हामी छिट्टै ‘बच्चन पाण्डे’ को एक एपिसोड…
Read More
सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर

सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर

२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए । तर, बलिउडका ३८ जना सेलिब्रिटीले सामाजिक संजालमा विरोध जनाउँदा बलात्कृत भएकी डाक्टरको नाम समेत उल्लेख गरेका थिए । उनै, ३८ जना सेलिब्रिटी विरुद्ध दिल्लीका एक वकिलले अदालतमा मुद्दा दायर गरेका छन् । सामाजिक संजालमा पीडित महिलाको नाम उल्लेख गरेको भन्दै सेलिब्रिटी विरुद्ध मुद्दा दायर गरिएको हो । बलिउड कलाकारहरु अनुपम खेर, फरहान…
Read More
आजबाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?

आजबाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?

भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बन्यो । पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका थिए । कैयौं प्राविधिकहरुलाई समस्या उत्पन्न भयो । तर, भारतमा कोरोना महामारीको दोश्रो लहर कम हुँदै गएपछि भने आजबाट दिल्लीमा हल खुलेका छन् । दिल्ली सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल संचालनको अनुमती दिएको हो । यसले, प्रदर्शकहरुलाई केही हदसम्म भएपनि राहत दिएको छ । दिल्लीमा कोरोनाको केस कम भएपछि विस्तारै हरेक क्षेत्रहरु पुरानै लयमा फर्किएका छन् । यसैविच, बलिउड चलचित्रका वितरकहरु…
Read More