09
Mar
हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्सले फेसबुकमा एक पोस्ट साझा गर्नुभयो जहाँ उनी तिब्बती युवा समूहले आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएका थिए। उनको पोस्टमा क्याप्सन लेखिएको थियो-हामी सबै एक हौं, चाहे त्यो युक्रेनी, सिरिया, तिब्बत वा प्यालेस्टाइनका जनताको पीडा होस्। हामी सबैभन्दा पहिले विश्व नागरिक, त्यसपछि भारतीय, त्यसपछि गोर्खा र अन्तिममा नेवार, लेप्चा, सुब्बा आदि हौ, त्यसैले तिब्बत युवा कांग्रेसले आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएँ, मेरी श्रीमती नम्रता यता एडवर्ड्स आज सोनादासम्म उनीहरूसँगै र्यालीमा हिँड्ने छन् । हलैमा अजय एडवर्ड्सको पर्टीले म्युनिसिपल इलेक्शनमा जीत हासिल गरेको थियो।