28
Sep
अफगानिस्तान छोडे पनि अमेरिकाले त्यहाँ हवाई आक्रमण भने जारी नै राख्ने बताएको छ । पेन्टागनद्धारा जारी गरिएको वक्तव्य अनुसार उनीहरूले अफगानिस्तान माथिको आफ्नो आक्रमणलाई निरन्तरता दिइराख्ने भएका हुन् । अमेरिकाले अफगानिस्तान छाडेदेखि नै आफ्नो गतिविधि भने त्यहाँ जारी नै राख्ने पहिले नै बताइरहेको थियो । जस अनुसार तालिबान नेतृत्वको नयाँ सरकारसँग कुनै पनि सम्बन्ध विस्तार नगरी आफ्नो आक्रमणलाई निरन्तरता दिने निष्कर्षमा अमेरिका पुगेको हो । पेन्टागनका प्रवक्तालाई उद्धृत गर्दै मिलिटरी टाइम्सले लेखेको छ– हामी आतङ्कवादी विरोधी गतिविधिलाई निरन्तर राख्न सबै कुराहरूलाई तयारी अवस्थामा राख्नेछौँ । र, आफ्ना क्षमताहरूलाई कुनै पनि बेला त्यहाँ प्रस्तुत गर्न सक्छन् । तर, उनले अफगानिस्तानमा कस्ता…