Afghanistan

अफगानिस्तानको भिडन्तमा मारिए रोयटर्सका फोटो पत्रकार

अफगानिस्तानको भिडन्तमा मारिए रोयटर्सका फोटो पत्रकार

अफगानिस्तानमा भारतीय फोटो पत्रकार दानिश सिद्दिकी मारिएका छन्। बिहीबार अफगानिस्तानको कान्दहर प्रान्तको स्पिन बोल्डाकमा सुरक्षाकर्मी र  तालिवान विद्रोहीको भिडन्तमा मारिएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनी त्यहाँ सुरक्षाकर्मीहरूसँग पुगेका थिए। उनी पुलित्जर पुरस्कारका विजेतासमेत हुन्। उनको हत्याको जानकारी इस्लामावादस्थित भारतीय राजदूत फरिद मामुन्दजईले शुक्रबार ट्विटरमार्फत् दिएका हुन्। 'हिजो राति कान्दहरमा एक साथी दानिश सिद्दीकीको हत्याको दु:खद् खबरले गहिरो दु:ख लागेको छ। भारतीय पत्रकार तथा पुलित्जर पुरस्कार विजेता अफगान सुरक्षा बलका साथ थिए, त्यही बेलाआतंकवादीहरूले उनीमाथि हमला गरे,' उनले लेखेका छन,'मैले उनलाई दुई हप्ता अघिमात्रै काबुल जानुअघि भेटेको थिएँ।' अन्दाजी ४० वर्षका सिद्दिकीसमाचार संस्था रोयटर्सका लागि काम गर्थे। उनी केही दिनदेखि कान्दहरमा भइरहेको अवस्थालाई रिपोर्टिङ गर्दै…
Read More
तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

तालिबानले इरानसँग जोडिएको सीमास्थित इस्लाम कला शहरको महत्वपूर्ण बोर्डर क्रसिङमा बिहिबार कब्जा गरेको अफगानिस्तानको हेरात प्रान्तबाट आइरहेको खबरमा उल्लेख गरिएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै यो कुराको दाबी गरेका हुन् । यद्यपि, अफगान अधिकारीले अहिलेसम्म यसबारे आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन । तर समाचार एजेन्सीले नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । दुई वरिष्ठ सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा सीमा पोस्टमा कब्जापछि अफगान सुरक्षाकर्मी र कस्टम अधिकारी इरानी सीमामा भागेको जानकारी दिएका छन् । इरानको अरबी भाषाको अल–आलम टिभीले पनि अफगान सैनिकले सीमा पार गरेको बताएको छ । यद्यपि, गृहमन्त्रालयका प्रवक्ता तारिक…
Read More
३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने: जो बाइडनले

३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने: जो बाइडनले

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका छन्। युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन्। तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले पछिल्लो प्रतिक्रिया जनाएका हुन्। सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको थियो। यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोकेका थिए। अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को…
Read More