22
Sep
विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलाहरुको नित्य, इस्लाम विराधी सामग्री र आइपिएलमा महिला दर्शकको उपस्थित रहेको भन्दै आइपिएल प्रसारणमा रोक लगाएको छ । तालिबान महिलाप्रति कठोर बन्दै आएको छ । अफगानिस्तानमा सम्पूर्ण महिला खेलकुद प्रतिबन्ध लगाउने यसअघि तालिबानले जनाइसकेको छ । अघिल्लो महिना तालिबानले अफगानिस्तानको सरकार कब्जा गरेको थियो ।…