Afghan Refugees

नेपालमा अफगान शरणार्थीः सामाजिक सञ्जालमा दुई भिन्न कोण, नेपाल-भारत सीमामा निगरानी कायम

नेपालमा अफगान शरणार्थीः सामाजिक सञ्जालमा दुई भिन्न कोण, नेपाल-भारत सीमामा निगरानी कायम

केही दिनअघि भारतबाट सुनौली हुँदै अफगान नागरिकहरू नेपाल प्रवेश गरेको पाइएपछि अहिले रूपन्देहीको बेलहिया सीमामा नेपाली पक्षले कडा निगरानी गरिरहेको अधिकारीहरूले बताएका छन्। शरणार्थी पक्राउ गरेको विषयमा सर्वसाधारण मानिसहरूको भिन्न मत पनि देखिएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अफगान नागरिकहरू "अवैध रूपमा" प्रवेश गरेपछि सीमामा थप कडाइका साथ व्यवस्थापन भइरहेको छ। उनले बीबीसीसँग भने,"स्वास्थ्य मापदण्ड पालनासँगै मौजुदा ऐन कानुनबमोजिम नै जाँच गरिरहेका छौँ।" आफूहरू गैरकानुनी ढङ्गबाट हुने आवतजावतबारे सचेत रहेको उनले बताए। तर समान वेशभूषाका कारण अवैध रूपमा नेपाल छिर्ने तेस्रो देशका मानिस ठम्याउन गाह्रो भएको उनको कथन छ। कार्तिक ८ गते भारतको दिल्लीबाट सुनौली हुँदै बेलहिया नाकामार्फत्…
Read More