16
Dec
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले हिंसा र लुटपाट रोक्नका लागि आफूले तालिबानलाई राजधानी काबुलमा प्रवेश गर्न भनेको बताएका छन् । हामिद करजईले समाचार एजेन्सी असोसिएटेड प्रेसलाई दिएको साक्षात्कारमा भने, ‘तालिबानका नेताले आफ्ना लडाकू अफगान राजधानीमा प्रवेश नगर्ने आश्वासन दिएका थिए ।’ ‘तर अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनी आफ्नो सबै वरिष्ठ अधिकारीसँग अचानक काबुलबाट निस्किए र तालिबानसँग सम्झौता हुन सकेन ।’ यसै वर्ष अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा कब्जा जमाएका थिए र तत्कालीन सरकारलाई सत्ताबाट हटाइदिएको थियो । तालिबान लडाकूले एकएक गरी काबुल आसपासका क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो र उनीहरु राजधानी बाहिर आएर बसेका थिए । त्यतिबेला तालिबान लडाकू…