afganisthan

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच काबुलमा भेट भएको छ । उनीहरु बीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र त्यहाँका तालिबानहरुबीचको शान्ति वार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ताका रुपमा रहेका छन् । उनीसँगै हालै अफगानिस्तान आएको शान्ति वार्ता सम्बन्धी टोलीका सदस्यहरु पनि रहेका बताइएको छ ।सो टोलीका सदस्यहरु सँगै खालिजादले अफगानिस्तानका राष्ट्रपति घानीसँग आइतबार भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको हो । त्यस भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्था र शान्ति वार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुले त्यस क्रममा दुई देशबीचको आर्थिक…
Read More
अफगानिस्तानका सुरक्षाकर्मीसँगको भिडन्तमा कम्तीमा एक सय बढी तालिबानीको मृत्यु भएको छ

अफगानिस्तानका सुरक्षाकर्मीसँगको भिडन्तमा कम्तीमा एक सय बढी तालिबानीको मृत्यु भएको छ

खामा प्रेसले अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कम्तिमा ५० तालिबानी भिडन्तमा घाइते भएको उल्लेख गरेको छ ।समाचार संस्था एएनआईले अफगानिस्तानको कम्तीमा सात क्षेत्रमा पछिल्लो चौबीस घण्टामा सुरक्षाकर्मीले चलाएको अपरेशनमा यति धेरै सङ्ख्या तालिबानीको मृत्यु भएको उल्लेख गरेको छ । लघमान, कुनार, नानगारहर, गजनी, पक्तिया, मैदान वार्दाक, ख्वस्त, जाबुल, हेरात, फरयाब, हेलमन्द र बघलान प्रान्तमा सुरक्षाकर्मीले खोज अपरेशन चलाएको थियो ।खोज अपरेशनको क्रममा सुरक्षाकर्मीले विभिन्न ३५ स्थानमा गाडिएको एम्बुसलाई समेत निष्क्रिय बनाएको छ । पछिल्लो समय अफगानिस्तानमा तालिबानले आक्रमणको घटनामा तीब्रता दिएको छ । सुरक्षा जाँच केन्द्र तालिबानको निशानामा परेको छ ।
Read More
अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर २० जना नागरिकको ज्यान गएको छ

अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर २० जना नागरिकको ज्यान गएको छ

ती आक्रमणमा परेर महिला र बालबालिका पनि मारिएको जनाइएको छ । गएको २४ घन्टा यता यी हिंसात्मक हमला भएकाे बताइएको छ । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा गराइएको एक शक्तिशाली विस्फोटनमा परेर एकै परिवारका चार जनाको बुधबार ज्यान गएको थियो ।उक्त प्रान्तका प्रान्तीय गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार एक जना व्यक्ति, उनकी श्रीमती र दुई जना बच्चाको ज्यान गएको छ । मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरको घर नजिकैको एक सडकमा बिछ्याइएको विद्युतीय धरापमा परेर उनीहरुको ज्यान गएको थियो ।त्यसैगरी बुधबार राति पनि सोही प्रान्तको कारुम भन्ने स्थानमा पनि सडक छेउमा राखिएको बम विस्फोटमा परेर अरु तीन जना सर्वसाधारण मारिएका छन् । उनीहरु आफ्नो…
Read More
दुई महिला न्यायाधीशको गोली हानी हत्या

दुई महिला न्यायाधीशको गोली हानी हत्या

अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन्। उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको अदालतका एक प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए। सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनाहरूमा शृङ्ख्लाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ गरिएका अमेरिकी सेनाको सङ्ख्या घटाइरहेका बेला पछिल्ला आक्रमण भइरहेका छन्।
Read More
ट्रम्पले इराक र अफगानिस्तानबाट थप सैनिक फिर्ता गर्ने अमेरिकी सेनाको अपेक्षा

ट्रम्पले इराक र अफगानिस्तानबाट थप सैनिक फिर्ता गर्ने अमेरिकी सेनाको अपेक्षा

अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको बताएका छन्।अफगानिस्तानमा सन् २०२१ को ज्यानुअरीसम्म आधा सैनिक फिर्ता गरेर २,५०० जनामा झारिने अधिकारीहरूले बताएका छन्।त्यस्तै इराकमा ५०० सैनिक कटौती गरेर २,५०० मात्र राखिने बताइएको छ। राष्ट्रपति ट्रम्पले यसअघि नै क्रिसमससम्म सबै सैनिकलाई घर फर्काउने चाहेको बताएका थिए सैनिक फिर्ता ल्याउने काम ज्यानुअरी १५ सम्म सकिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन्।त्यो भनेको जो बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नुभन्दा एक दिनअघि हो।
Read More