24
Aug
बलिउड फिल्म उद्योगमा यस्ता कैयौं अभिनेत्री छन्, जसले आफ्नो करियरका लागि वैवाहिक जीवनलाई नै त्यागे । जसमा मल्लिका शेरावत, डिम्पल कपाडियालगायतका ठूला नाम छन् । फिल्म ‘बबी’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री डिम्पल कपाडिया एक फिल्मपछि रातारात स्टार बनिन् । उनले यो समय अभिनेता राजेश खन्नासँग विवाह गरेकी थिइन् । राजेशले डिम्पललाई फिल्मबाट टाढिन र परिवारतिर ध्यान लगाउन भनेका थिए । त्यसपछि केही समयका लागि डिम्पलले फिल्मबाट अलग्गिएर गृहस्थी जीवन बिताइन् । तर उनले पुनः फिल्ममा पाइला चाल्ने प्रयास गरिन्, जुन कामलाई राजेशले विरोध गरे । त्यसपछि डिम्पलले फिल्मका लागि घर नै छोडिदिइन् । सन् ७० को दशककी लोकप्रिय अभिनेत्री राखीले…