18
Oct
दक्षिणी भारतीय राज्य केरलामा ठूलो वर्षाले निम्त्याएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ। बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। बाढीले धेरै घर बगाएको छ। कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फस्न पुगेका विवरणमा जनाइएको छ। सोही क्षेत्रबाट प्राप्त भिडिओमा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गर्दै गरिएको दृश्य देखिन्छ। केही दिनयता भएको ठूलो वर्षाले केरलामा घातक पहिरोहरू निम्त्याएको छ। अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन्। पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्याउन…