24th Winter Olympic Games

ओलम्पिकका लागि चिटिक्क बेइजिङ

ओलम्पिकका लागि चिटिक्क बेइजिङ

२४औँ हिउँदे ओलम्पिक खेलुकदको उद्घाटन समारोह फेब्रुअरी ४ तारिख शुक्रबार राति विश्वविख्यात चराको गुँड अर्थात् बर्ड नेस्टमा आयोजना हुँदैछ । कूल ९७ मुलुकको प्रत्यक्ष उपस्थितिका माझ चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ समयअनुसार राति ८ बजे खेलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । बेइजिङ हिउँदे ओलम्पिकको स्वागतका लागि चिनियाँ सडकहरू परम्परागत सांस्कृतिक बान्कीले झकिझकाउ भएका छन् । चिनियाँ वसन्त चाड अथवा नयाँ वर्षको स्वागतमा यसै पनि राता राता लालटिन र अन्य रातै चीजबीजहरूले सजिने चीनको रंगमा यस पटक ओलम्पिक पनि मिस्सिएको छ । बेइजिङको केन्द्र थ्यानमन स्क्वायरको मध्यभागमा अद्भूत हिउँदकालीन ओलम्पिक भावना स्थापित गरेको छ । चिनियाँ परम्परागत गाँठोमा ओलम्पिकको सम्मिश्रण…
Read More