सिम्बायोसिस इण्टरनेशनल डीम्ड विश्वविद्यालयमा प्रवेश परीक्षाका लागि आवेदन खुल्ला

सिम्बायोसिस इण्टरनेशनल (डीम्ड विश्वविद्यालय) (एसआईयू) ले 2025 को स्नातक कार्यक्रमहरूमा भर्नाका लागि सिम्बायोसिस एण्ट्रेन्स इक्जाम (एसईटी) र एसआईटी इञ्जीनियरिङ इण्ट्रेन्स इक्जाम (एसआईटीईईई) मार्फत आवेदन खोलिएको घोषणा गरेको छ। इच्छुक उम्मेदवारहरूले 12 अप्रेल 2025 सम्म आधिकारिक पोर्टलमार्फत आवेदन गर्न सक्नेछन्।

इण्ट्रेन्स इक्जामहरू मई 5 अनि मई 11, 2025 मा निर्धारण गरिएको छ जसले उम्मेदवारहरूलाई आफ्नो उत्कृष्ट स्कोर प्राप्त गर्न दुईपटक प्रयास गर्ने अवसर प्रदान गर्नेछ। परिणामहरू 22 मई 2025 मा सार्वजनिक गरिनेछ। एसईटी-ले विभिन्न विषयहरूमा सामान्य योग्यता मूल्याङ्कन गर्छ भने एसआईटीईईई-ले इञ्जीनियरिङका लागि इच्छुक विद्यार्थीहरूका लागि भौतिक विज्ञान, रसायनशास्त्र अनि गणितमाथि केन्द्रित मूल्याङ्कन गर्छ।

योग्यताको मापदण्डमा 10+2 परीक्षा कम्तीमा न्यूनतम प्रतिशतसहित उत्तीर्ण हुनुपर्नेछ, फेरि विभिन्न वर्गहरूका लागि फरक मापदण्ड हुनेछ। पञ्जीकरण शुल्क प्रति परीक्षा 2250 रुपियाँ अनि प्रति कार्यक्रम 1000 रुपियाँ निर्धारण गरिएको छ। थप जानकारीका लागि आवेदकहरूले www.set-test.org भ्रमण गर्न सक्छन्।

By Business Bureau