टाटा स्टील वर्ल्ड २५ के कोलकाता २०२४-मा उल्लेखनीय प्रदर्शन देख्न पाइयो। यसमा इथियोपियाकी सुतुमे केबेडेले महिला वर्गमा आफ्नो उपाधिलाई यथावतब राखिन भने युगाण्डाका स्टीफन किस्साले पुरुष वर्गमा गत च्याम्पियन डेनियल एबेनियोलाई पराजित गरे। योसँगै भारतीय शीर्ष खेलाड़ीहरूले पनि उत्कृष्ट प्रदर्शनी गरे।
गुलवीर सिंहले नयाँ इवेण्ट रेकर्ड बनाए अनि सञ्जीवनी जाधवले महिला वर्गमा एक थप जीत हासिल गरिन। केबेडेले स्वास्थ्य सम्बन्धी चुनौतीहरूलाई पार गर्दै १ घण्टा १९ मिनट १७ सेकेण्डमा दौड़ पूरा गरिनब भने केन्याका वियोला चेपनगेनो अनि बहरीनकी देसी जीसाभन्दा अघि रहिन। कोर्स रेकर्डबाट वञ्चित रहे पनि उनले आफ्नो उपाधि यथावत राख्न सफ्फल बनेकोमा खुशी व्यक्त गरिन । पुरुषहरूको दौड़मा किस्साले १ घण्टा १२ मिनट ३३ सेकेण्डको समय लिए अनि दोस्रो स्थानमा रहेका एबेनियोलाई कम्ति अन्तरले पराजित गरे।
एन्थनी किपचिरचिरले काँस्य पदक जितेर सबैलाई अचम्भित पारे। भारतीय दलले उत्कृष्ट परिणाम दिएको छ। गुलवीर सिंहले १ घण्टा १४ मिनट १० सेकेण्डको साथमा नयाँ भारतीय सर्वश्रेष्ठ प्रदर्शन गरे। उनले सावन बरवाललाई कम्ति अन्तरले पछि छोड़े भने गौरव माथुर तेस्रो स्थानमा रहे। भारतीय महिलाहरूमा सञ्जीवनी जाधवले आफ्नो व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शनमा उल्लेखनीय सुधार गर्दै १ घण्टा २९ मिनट ०८ सेकेण्डको साथ जीत हासिल गरिनब। लिली दास अनि कविता यादवले पोडियम पूरा गरिन ।