सन् २०१९ मा रिलिज भएको अभिनेता सुशान्तसिंह राजपुत र श्रद्धा कपुरको फिल्म ‘छिछोरे’ चीनको ११ हजार स्क्रिनमा रिलिज हुने भएको छ । यो फिल्म आगामी २०२२ जनवरी ७ मा चीनमा रिलिज हुँदैछ । विश्वकै ठूलो फिल्म बजारका रुपमा परिचित चीनमा बलिउडको यो फिल्म करिब दुई वर्षको प्रतिबन्ध पछि प्रदर्शनमा आउन लागेको हो ।
कोरोना भाइरसको महामारीका कारण विश्वभर भएको लकडाउन र सन् २०२० मा भारत–चीनको सैनिकबीच भएको गलवानमा भएको झडपपछि चीनले भारतसँगको सबै किसिमको सम्बन्धमा प्रतिबन्ध लगाएको थियो ।
यो फिल्मका निर्देशक नितेश तिवारी हुन् । फिल्मको कथा पनि नितेशले नै लेखेका हुन् । नितेशको निर्देशनमा बनेको आमिर खानको फिल्म ‘दंगल’ सन् २०१७ मा चीनमा रिलिज भएको थियो । जसले करिब १ सय ९३ मिलियन डलरको व्यापार गरेको थियो । ‘छिछोरे’ चीनको एक सय राज्यका झण्डै ११ हजार स्क्रिनमा रिलिज हुनेछ ।