सुनिल ग्रोबरको मुटुको शल्यक्रिया गरियो

भारतीय कमेडियन सुनिल ग्रोबरको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको एसियन हर्ट इन्टिच्युटमा भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सुनिलको मुटुको सर्जरी गरिएको छ ।

अहिले उनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै सुधार भइसकेको छ ।

आफ्नो मुटुमा ‘ब्लकेज’ भएको थाहा पाउपछि सुनिल यसअघि नै यसको सर्जरी गर्ने तयारीमा थिए । तर त्यसअघि नै आफ्नो वेब सिरिजको छायांकन सक्ने योजना अनुसार उनी काम गरिरहेका थिए । पूणेमा वेब सिरिजको छायांकन भइरहेको बेला अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

सुनिलको सर्जरीको खबर सार्वजनिक भएपछि प्रशंसकहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । सुनिल जी–फाइभबाट प्रसारण हुने वेब सिरिज ‘सनफ्लावर’मा काम गरिरहेका छन् । ‘द कपिल शर्मा शो’मा गुत्थीको भूमिकामा काम गरेपछि सुनिलको चर्चामा आएका थिए । कुनै समय मुम्बईमा कष्टपूर्ण संघर्ष गरेका सुनिल अहिले करोडौं सम्पत्तिको मालिक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *