विवाहित महिला भगवती पाललाई सिलगढ़ी नगरनिगमको वार्ड नं. 36, शान्ति नगरमा झुण्डिएको अवस्थामा फेला पारिएको छ। यस घटनाले शङ्का र आक्रोश उत्पन्न गराएको छ। प्राप्त रिपोर्टअनुसार, परिवारका सदस्यहरूले सोमवार बिहान तिनको शव फेला पारेका थिए अनि त्यसबारे पुलिसलाई जानकारी दिए। आसीघर पुलिस चौकीका अधिकारीहरू घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिए र पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाए।
मृत महिलाको परिवारले भगवतीलाई दहेजका लागि हत्या गरिएको आरोप लगाएको छ। तिनीहरूले तिनका श्रीमानले दहेजको मागमा भगवतीलाई शारीरिक रूपमा दुर्व्यवहार गर्ने गरेको र तिनले यसभन्दा पहिले पनि दुईपटक आत्महत्या गर्न प्रयास गरेकी परिवारले बताएको छ। परिवारले ससुराल पक्षले बारम्बार पैसाका लागि दबाउ दिएको आरोप पनि लगाएको छ। तर महिलाका श्रीमानले यी सबै आरोपहरूलाई आधारहीन बताउँदै खण्डन गरेका छन्। तिनको आत्महत्याको कारणबारे अझै स्पष्ट भएको छैन।