गेमिङको लतले युवकद्वारा आत्महत्या

अनलाइन गेमिङको ऋणको कारण सिलगढ़ीमा एकजना युवकले आत्महत्या गरेका समाचार प्राप्त छ। 20 वर्षीय मृत युवकको नाम तुषार रय हो अनि तिनी एक अनलाइन खाद्य वितरण सेवाका कर्मचारी थिए। तुषारले लगभग एक वर्षअघि रिया सरकार नामकी महिलासित विवाह गरेका थिए। दम्पत्ती समरनगर क्षेत्रमा भाड़ाको घरमा बस्दै आइरहेका थिए। मृत तुषारकी पत्नी रिया सरकारले बताएअनुसार तिनी दिनभरि आफ्नी भाञ्जीको जन्मदिनको समारोहमा थिइन्। साँझ घर फर्किँदा ढोका बन्द रहेको पाइन्।

धेरैपटक बोलाउँदा पनि लोग्नेले कुनै प्रतिक्रिया नजनाएपछि तिनले छिमेकीहरूलाई बोलाएर ढोका तोड्न अनुरोध गरिन्। घरभित्र प्रवेश गरेपछि तुषारलाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला पारियो। रियाले भनिन्, मेरा लोग्ने अनलाइन गेमहरू खेल्ने बानीमा परेका थिए। त्यसको कारण तिनले ठूलो धनराशि गुमाए। तर तिनले यस्तो कठोर कदम किन उठाए भन्ने कुरा आफूले बुझ्न नसकेकी तिनले बताइन्।
अर्कातिर तुषारकी आमाले आफ्नी बुहारी रिया सरकारमाथि छोराको मृत्युको लागि दोष दिएकी छन्। विवाहको दिनदेखि नै छोरो खुशी नरहेको आमाले दाबी गरिन्। अनलाइन गेमिङको लतले तुषारलाई ठूलो ऋणमा डुबाएको भए पनि श्रीमतीले बारम्बार दुःख दिँदा छोरा अन्ततः आत्महत्या गर्न बाध्य बनेको आमाले आरोप लगाइन्।

By Piyali Poddar